Techie IT
गृहपृष्ठसमाचाररेडक्रसभित्रको भ्रष्टाचार खोजिँदै

रेडक्रसभित्रको भ्रष्टाचार खोजिँदै


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्रका आर्थिक अनियमितता, भ्रष्टाचार र बेथिति विरुद्ध ‘शून्य सहनशीलता’को नीति अख्तियार गर्दै प्रमाणसहित उजुरी आह्वान गरेको छ। विभिन्न तहमा भएका अनियमितताका कारण संस्थाको साखमा धक्का लागेपछि रेडक्रसले यो आन्तरिक शुद्धीकरणको कदम चालेको हो।

​इच्छुक व्यक्तिले ३५ दिनभित्र तथ्य र प्रमाणसहित उजुरी दिन सक्ने बताइएको छ । उजुरीकर्ताको नाम र पहिचान पूर्ण रूपमा गोप्य राखिने संस्थाले जनाएको छ।

प्राप्त उजुरीहरूको निष्पक्ष र स्वतन्त्र अध्ययनका लागि रेडक्रसले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं भ्रष्टाचार विरुद्धका विज्ञ डा. दिपेश घिमिरेको नेतृत्वमा उच्चस्तरीय टोली गठन गरेको छ। टोलीमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन्।

​उजुरी कहाँ र कसरी दिने?

  • इमेल: [email protected]
  • निशुल्क हटलाइन: ११३० (बिहान ७ देखि साँझ ७ बजेसम्म)
  • ह्वाट्सएप: ९७४१६१५०१७
  • हुलाक/प्रत्यक्ष दर्ता: नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालय, काठमाडौँ।


क्याटेगोरी : समाचार



प्रतिक्रिया दिनुहोस