Techie IT
गृहपृष्ठसमाचारबालबालिकासँग खुसी बाँड्दै अधिकारिले मनाए जन्मदिन ।

बालबालिकासँग खुसी बाँड्दै अधिकारिले मनाए जन्मदिन ।


विदुर, नुवाकोट । युवा उद्यमी तथा समाजसेवी सन्तोष सरगम अधिकारीले आफ्नो जन्मदिनको अवसरमा विदुरस्थित “आमाको माया छात्रावास” मा खाद्यान्न सहयोग प्रदान गर्दै आश्रित बालबालिकासँग खुसी साटासाट गर्नुभएको छ।


अधिकारीले छात्रावासमा रहेका २८ जना बालबालिकाका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजका आवश्यकता भएका वर्गसँग खुसी बाँड्ने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ छ।


छात्रावासका व्यवस्थापक सोमप्रसाद पाण्डेले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्ता कार्यले बालबालिकामा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो।
सन्तोष सरगम अधिकारी शिवालय सिनेप्लेक्स तथा शिवालय पञ्चेबाजा एण्ड क्याटरिङ सर्भिसका सञ्चालक हुनुहुन्छ। जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउने उहाँको कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस