Techie IT
गृहपृष्ठसमाचाररास्वपा नुवाकोटका पाँच पालिका सभापतिद्वारा संयुक्त विज्ञप्ति जारी

रास्वपा नुवाकोटका पाँच पालिका सभापतिद्वारा संयुक्त विज्ञप्ति जारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आबद्ध केही नेताहरूले पार्टी परित्याग गरेको विषय सार्वजनिक भइरहेका बेला निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका पाँचवटै पालिकाका सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू पार्टीमै दृढतापूर्वक आबद्ध रहेको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा विभिन्न माध्यमबाट फैलाइएका हल्ला तथा भ्रमपूर्ण सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता अफवाहले संगठन कमजोर नहुने बताइएको छ। सभापतिहरूले पार्टीको सिद्धान्त, नीति र लक्ष्यप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको जनाउँदै संगठनलाई अझ सुदृढ र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, आगामी निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा सक्रिय र संगठित रूपमा सहभागी हुने घोषणा गर्दै आम कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस