लिखुबाट रास्वपालाई सबैभन्दा धेरै मत
नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको लिखु गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फ रास्वपाले उल्लेखनीय मतान्तरसहित पहिलो स्थान हासिल गरेको हो।
रास्वपा लिखु गाउँपालिका सभापति विष्णुकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ घण्टी चिन्हमा ४ हजार ९ सय ७६ मत प्राप्त भएको छ भने समानुपातिकतर्फ ५ हजार १ सय १३ मत प्राप्त भएको छ।
सभापति श्रेष्ठले रास्वपालाई अत्याधिक मत दिएर विजयी बनाउन सहयोग गर्ने लिखु गाउँपालिकाका सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै केन्द्र, प्रदेश र जिल्ला तहका सम्पूर्ण नेतागण, रास्वपा लिखु गाउँपालिका कमिटी तथा वडा सभापतिहरू लगायत पार्टीका सम्पूर्ण कार्यकर्ताप्रति पनि धन्यवाद प्रकट गर्नुभएको छ।
निर्वाचन अघि नै लिखु गाउँपालिकालाई रास्वपाको ‘किल्ला’ का रूपमा प्रक्षेपण गरिएको थियो। हाल प्राप्त मत परिणामले उक्त प्रक्षेपण सही साबित भएको देखिएको छ।
लिखु गाउँपालिकाबाट प्राप्त भारी समर्थनले नुवाकोट क्षेत्र नम्बर १ मा रास्वपाको राजनीतिक प्रभाव थप मजबुत भएको विश्लेषण गरिएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस