विदुर–१३ का कोइराला परिवारद्वारा ज्येष्ठ नागरिकको ‘हाई केयर युनिट’ निर्माणका लागि १५ लाख सहयोग
विदुर, नुवाकोट
नुवाकोटको विदुर नगरपालिका–१३, कल्याणपुर निवासी श्री नारायण प्रसाद कोइराला, श्रीमती लक्ष्मी कोइराला तथा नवीन कोइराला (कोइराला परिवार) ले असहाय तथा बेसहारा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार र हेरचाहका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
देवीघाट स्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’ (विदुर–५) को संरक्षणमा रहेका बेसहारा आश्रित ज्येष्ठ नागरिकहरूको विशिष्टीकृत हेरचाहका लागि निर्माण भइरहेको हाई केयर युनिट (High Care Unit) का निम्ति कोइराला परिवारले रु १५,००,०००/- (पन्ध्र लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

मानव सेवाको यस्तो उत्कृष्ट र पवित्र सत्कर्ममा योगदान पुर्याउनुभएकोमा प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद नेपालले कोइराला परिवारप्रति हार्दिक आभार प्रकट गर्दै सम्मान-पत्रद्वारा सम्मान व्यक्त गर्नुभएको छ।
क्याटेगोरी :
समाचार





















प्रतिक्रिया दिनुहोस