सुदिप श्रेष्ठ विदुर नगरपालिकाकै उत्कृष्ट करदाता
विदुर, नुवाकोट विदुर नगरपालिकाको १९ औँ नगरसभाको अवसरमा नुवाकोटका व्यवसायी तथा समाजसेवी सुदिप श्रेष्ठ उत्कृष्ट करदाताका रूपमा सम्मानित हुनुभएको छ।



विदुर नगरपालिका वडा नं. ९ बाट समयमै र सबैभन्दा बढी स्थानीय कर बुझाएकाले उहाँलाई नगर प्रमुख राजन श्रेष्ठ र नगर उपप्रमुख प्रभा बोगटीद्वारा सम्मान-पत्र प्रदान गरिएको हो।
सामाजिक तथा आर्थिक क्षेत्रमा सक्रिय श्रेष्ठ सारथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका व्यवस्थापक, होटल याङ्ग्रा ढुङ्गेका प्रबन्ध निर्देशक तथा ज्ञानकुञ्ज विद्यालयका अध्यक्ष समेत हुनुहुन्छ।
नगरपालिकाले वडा नं. १ देखि १३ सम्मका उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने क्रममा श्रेष्ठसँगै कृष्णकुमार न्यौपाने, संजिव थपलिया र भुवनलाल राजभण्डारीलाई पनि सम्मानित गरेको छ।
यस कार्यले अन्य व्यवसायीहरूलाई पनि समयमै कर तिर्न प्रेरणा मिल्ने विश्वास नगरपालिकाले लिएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस