रेडक्रसभित्रको भ्रष्टाचार खोजिँदै
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्रका आर्थिक अनियमितता, भ्रष्टाचार र बेथिति विरुद्ध ‘शून्य सहनशीलता’को नीति अख्तियार गर्दै प्रमाणसहित उजुरी आह्वान गरेको छ। विभिन्न तहमा भएका अनियमितताका कारण संस्थाको साखमा धक्का लागेपछि रेडक्रसले यो आन्तरिक शुद्धीकरणको कदम चालेको हो।

इच्छुक व्यक्तिले ३५ दिनभित्र तथ्य र प्रमाणसहित उजुरी दिन सक्ने बताइएको छ । उजुरीकर्ताको नाम र पहिचान पूर्ण रूपमा गोप्य राखिने संस्थाले जनाएको छ।


प्राप्त उजुरीहरूको निष्पक्ष र स्वतन्त्र अध्ययनका लागि रेडक्रसले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं भ्रष्टाचार विरुद्धका विज्ञ डा. दिपेश घिमिरेको नेतृत्वमा उच्चस्तरीय टोली गठन गरेको छ। टोलीमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन्।
उजुरी कहाँ र कसरी दिने?
- इमेल: [email protected]
- निशुल्क हटलाइन: ११३० (बिहान ७ देखि साँझ ७ बजेसम्म)
- ह्वाट्सएप: ९७४१६१५०१७
- हुलाक/प्रत्यक्ष दर्ता: नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालय, काठमाडौँ।
क्याटेगोरी :
समाचार






















प्रतिक्रिया दिनुहोस