Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिकाको पालिकास्तरीय १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा

लिखु गाउँपालिकाको पालिकास्तरीय १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा


लिखु गाउँपालिकाको वडा नं. ४ चौघडा स्थित ९ रोपनी जग्गामा निर्माण गरिएको सुविधासम्पन्न नयाँ अस्पताल भवनको निर्माण सम्पन्न भएसँगै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट तथा गाउँसभा सदस्यहरूले स्थलगत अनुगमन एवं निरीक्षण गरेका छन्।

करिब ८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा ९९ वटा कोठा रहेका छन्। बहुविपद् प्रतिरोधी भवनमा अस्पतालका लागि आवश्यक शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला, वार्ड लगायत सबै पूर्वाधार निर्माण गरिएको छ।

भवन निर्माण सम्पन्न भइसकेपछि हाल अस्पताल परिसरमा आकर्षक बगैँचा (गार्डेन) सहित सौन्दर्यीकरणको काम भइरहेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस