Techie IT
गृहपृष्ठभिडियोशिक्षा सुधारमा घ्याङ्फेदी मा वि को प्रयास

शिक्षा सुधारमा घ्याङ्फेदी मा वि को प्रयास


विक्रम संवत २०१९ सालमा स्थापनाभएको घ्याङफेदी माध्यामिक विद्यालय । हाल यस विद्यालयमा ३ सय ४५ जना विद्यार्थीहरु अध्ययनरत छन् भने १९ जना शिक्षकहरु कार्यरत हुनुहुन्छ । २४ कोठाबाट शैक्षिक तथा प्रशासनिक गतिविधि संचालन गरिरहेको यस विद्यालयले शिक्षक र विद्यार्थीको उपस्थितिको आधारमा मूल्यांकन गरी पुरस्कृत गर्ने गरेको छ । विसं २०७३ सालमा निमावि को अनुमती प्राप्त गरी क्रमश अनुमती थप गर्दै हाल यहाँ कक्षा १२ कक्षा सम्म पढाई हुने गरेको छ । जिल्लाको अन्य विद्यालयको तुलनामा विद्यार्थीको नतिजा उत्कृष्टता दिन नसके पनि यस विद्यालयले प्रयासलाई भने बढाइरहेको छ ।


विसं २०७२ सालको बिनासकारी भूकम्प अघि भौगोलिक बिकटता, सामाजिक परिवेस, कमजोर व्यवस्थापकीय र आर्थिक अवस्था लगायत विविध कारण शैक्षिक विकासमा पछाडी नै रह्रयो । भूकम्प पछिको क्षतीलाई अबसरको रुपमा लिएर व्यवस्थापकीय पक्षलाई बलियो बनाउदै हाल घ्याङफेदी माध्यामिक विद्यालयले आधार विकास नेपाल नामक संस्थाको सहयोगमा आफ्नो छुट्टै परिचय बनाउदै गइरहेको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा अवस्थित यस विद्यालयले सुन्दा सामान्य लाग्ने विषयलाई सिर्जनशील रुपले प्रस्तुत गर्दै आइरहेको छ । विद्यालयको प्रवेसद्वारमा नै शिक्षकले हाजिरी जनाउनुपर्ने, कक्षाशिक्षकले उपस्थित र अनुपस्थितविद्यार्थीको संख्याएकिन गरी कक्षाको बाहिरी भित्तामा रहेको पाटीमा उल्लेख गर्नुपर्ने हुन्छ । व्यवहारिक शिक्षामाअधारित भई विद्यालयको कक्षाकोठा र प्रांगण विद्यार्थी आफैले पालैपालो सरसफाई गर्ने नियमयहाँ रहेको छ । स्वच्छ खानेपानीको साथमा सौचालयको व्यवस्था, निशुल्क अतिरिक्त कक्षा, उचित परामर्श सहित शिक्षकबाट कप्राप्त ज्ञान, व्यवस्थापन समितिको सक्रियता प्रतिविद्यार्थी सुन्तुष्ट देखिन्छ ।
सिमितश्रोत र साधानको उचितप्रयोग गर्दैविद्यार्थीलाई व्यवहारिक ज्ञान तर्फ उत्प्रेरित गराउँने प्रयास गरिरहेको छ । जसको श्रेय विद्यालयप्रशासनले बनाउने योजना र व्यवस्थापन समितिले दिने स्वीकृतिलाई जानेछ ।
पर्याप्त भौतिक संरचना र जनशक्ति अभावको बिच पनि घ्याङफेदी माध्यामिक विद्यालयले कक्षा ११ र १२ मा कानुन र विज्ञान संकायमा पठनपाठन गराइरहेको छ । सबैको नजरमा नमुना विद्यालयको उदाहरण बन्न सकौँ भन्ने हुटहुटीको साथ संघर्ष गरिरहेको यस विद्यालयले आबिस्कार केन्द्र संचालन समेत गरिरहेको छ ।
विद्यालयलाई उचाईमा पु¥याउँन विद्यालय नर्स कार्यक्रमले थप सहयोग गरेको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको यस कार्यक्रमले विद्यार्थीलाई स्वास्थ्य प्रति सचेत हुन प्रेरित गर्नुको साथै यस कार्यक्रमलाई प्रभाबकारी बनाउन विद्यालय र व्यवस्थापन पक्षले अपनत्व समेत लिइरहेको छ ।
पालिका देखि जिल्ला स्तरमा हुने हरेक प्रतिष्पर्धात्मक क्रियाकलापमा विद्यालयको सक्रिय सहभागिता रहन्छ । जस्तै ३ वर्ष देखि निरन्तर माध्यामिक विद्यालय स्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनीमा सहभागी जनाउदै उत्कृष्ट स्थान हासिल गरिसकेको छ ।
विज्ञान प्रयोगशालालाई प्रभावकारी रुपमा संचालनगरिरहेको यस विद्यालयले गणित प्रयोगशाला, आबास गृह निर्माणको अबधारणा अघि सारेको छ ।
सामुहिककार्यबाट यस स्थानमाआइपुगेको यस विद्यालयले शिक्षकको अनुपस्थितिमाकुनै पनि कक्षा खाली नहुन् भनेर खाली कक्षा सहजिकरण गर्ने शिक्षकलाई प्रोत्साहन समेत गर्ने गरेको छ । विद्यालयको हरेक नयाँ सोच र योजनालाई छलफलबाट निष्कर्ष निकालेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकियो भने विद्यालय सुध्रन्छ भन्ने ज्ञान यस विद्यालयले दिएको छ ।
आफू विद्यालय शिक्षाबाट बन्चित भए पनि आफ्नो र समुदायको बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने मान्यताको साथकरिब २ वर्षदेखि व्यवस्थापन समितिको अध्यक्षभएर शेरबहादुर मोक्तानले जिम्मेवारी पूरा गरिरहनुभएको छ । हरेक दिन जस्तै विद्यालयमा उपस्थित भएर विद्यालय सुधारको कामहरुमा सक्रिय सहभागिताजनाउनु त हुन्छ नै, भइपरिआएको खण्डमा आफै परिश्रम समेत गर्नुहुन्छ ।
विद्यालयको समग्र विकासको लागि व्यवस्थापन समितिले अधिकार क्षेत्रभित्र रहेको सम्पूर्ण कार्य गर्दै आइरहेको छ । आवस्यक सहयोगको साथ अभिभावकले विद्यालयप्रति अपनत्व लिइरहेको छ । विद्यालयमा नै उपस्थित भएर आफ्नो बालबालिकाको शैक्षिक अवस्थाबारे जानकारी लिने काममा अभिभावक सक्रिय रहेका छन् । विद्यालयमा हुने अतिरक्ति क्रियाकलाप, वार्षिक साधारण सभा लगायत औपचारिक कार्यक्रमहरुमा अभिभावकलाई सहभागी गराई व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी र समुदायबिच अन्तरक्रिया हुने गरेको छ । एकतामा नै बल हुन्छ भन्ने सन्देश दिदै घ्याङफेदी माध्यामिक विद्यालयलाई सफलताको सिढीमा चढाउन विद्यालयका शिक्षक तथा कर्मचारी, व्यवस्थापन समितिको साथमा सिंगो समुदायले एकापसमा सहकार्य र समन्वय गर्दै आइरहेको छ ।




क्याटेगोरी : भिडियो, समाचार


प्रतिक्रिया दिनुहोस