Techie IT
गृहपृष्ठभिडियोस्थानीय सामूदायिक वन समितिको अवरोधको कारण निर्माणाधिन मध्येपहाडी लोकमार्ग निर्माण कार्य ठप्प

स्थानीय सामूदायिक वन समितिको अवरोधको कारण निर्माणाधिन मध्येपहाडी लोकमार्ग निर्माण कार्य ठप्प


स्थानीय सामूदायिक वन समितिको अवरोधको कारण नुवाकोटमा निर्माणाधिन मध्येपहाडी लोकमार्ग अन्तर्गत पिपलटार ( देउडी खण्डको २० किलोमिटर निर्माण कार्य ठप्प भएको छ ।

मध्येपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटमा ६० किलोमिटर कालोपत्रे सडक निर्माण तथा विस्तार भैरहेकोमा मान्द्रेढुंगास्थित सुनादेवी सामूदायक वनको कारण पिपलटार ( देउडी खण्डको २० किलोमिटर सडक निर्माणकार्य अवरुद्ध भएको हो । बिदुर नगरपालिका ६ मान्द्रेढुंगास्थित उक्त सामूदायिक वन क्षेत्रमा पर्ने चेनेज नम्वर ४ प्लस ६०० देखि ६ प्लस ००० सम्मको १४ सय मिटर क्षेत्रमा रुख कटानको लागि लगत संकलन कार्यमा खटिएका कर्मचारी टोलीलाई समितिद्धारा वन प्रवेशमा रोक लगाएका कारण निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको छ ।

लोकमार्गको पिपलटार ( देउडी खण्ड अन्तर्गत पिपलटारबाट बुनीवेशी – मुलथला ( रानीस्वाँरा हुँदै देउडीसम्मको निर्माण कार्य १०र १० किलोमिटर दुईवटा प्याकेजगरी एकअर्व ३५ करोड लागतमा निर्माण भैरहेको हो । व्यक्तिगत तथा आवादी क्षेत्र छलाउँदै निर्माण भैरहेको लोकमार्गको विदुर नगरपालिका ६ स्थित अघिल्लो खण्ड बुनिवेशी – मुलथला वनक्षेत्रमा निर्माण हुने लोकमार्गको कारण सडक निर्माणको क्रममा मान्द्रेढुंगाको बस्ति पहिरोको जोखिम्मा पर्नेभन्दै सडक निर्माण कार्यमा समितिद्धारा अवरोध भएको हो । राज्यद्धारा बस्तिको शुरक्षाको प्रत्याभुति नभई निर्माण कार्य असहज हुने स्थानीय जनप्रतिनीधिले बताए ।

विदुर नगरपालिका वडा नम्वर ५ पिपलटारबाट बुनिवेशी ( मुलथला ( रानीस्वाँरा हुँदै वडानम्वर १३ देउडी जोड्ने मध्येपहाडी लोकमार्गमा सुनादेवी लगायत झण्डै आधादर्जन सामूदायिक वन समिति पर्दछन् । तर अन्य सामूदायिक वन क्षेत्रमा कुनै समस्या छैन । तर वन बिभागद्धारा लोकमार्गको दुवै खण्डको बातावरणिय प्रभाव मुल्यांकन र रुख कटानी आदेश लगायत सम्पूर्ण काम मन्त्री परिषदद्धारा एकैपटक निर्णय गराउने विभागिय तयारीका कारण लोकमार्गको दुवैखण्डको निर्माण कार्य अवरुद्ध भएको छ । दुवैखण्डको निर्णय एकैपकट गर्ने विभागिय तयारी तथा अडानसंगै पछिल्लो मुलथला ( रानीस्वाँरा क्षेत्रको १० किलोमिटर खण्डको काम पनि प्रभावित भएको हो । जसको कारण अहिले पिपलटार ( देउडीको २० किलोमिटरमा निर्माण कार्य अवरुद्ध हँुदैआएको छ ।




क्याटेगोरी : भिडियो, समाचार


प्रतिक्रिया दिनुहोस