Techie IT
गृहपृष्ठभिडियोक्षत्रेखोला पुलले सार्थकता नपाउँदा किसानहरु जोखिम् मोलेरै दैनिकीमा जुट्न बाध्य

क्षत्रेखोला पुलले सार्थकता नपाउँदा किसानहरु जोखिम् मोलेरै दैनिकीमा जुट्न बाध्य


नुवाकोटको बुधसिं घाटस्थित क्षत्रेखोलामा पुल निर्माणको लागि पटकपटक डिपिआर तयार भएपनि पुल निर्माणले भने सार्थकता नपाउँदा बिदुर क्षत्रेफाँट र बुधसिंका स्थानीय किसानहरु जोखिम् मोलेर आफ्नो दैनिकीमा जुट्न बाध्य भएका छन् ।

डेढदशक यता राज्यका बिभिन्न निकायद्धारा दुईपटक नापजाँच सहित डिपिआर तयार भएतापनि पुल निर्माणको लागि आवश्यक रकम तथा श्रोत कतैबाट ब्यवस्थापन नहुँदा बिदुर नगरपालिका वडानम्बर ३ क्षत्रेफाँट र तार्केश्वर ५ बुधसिंका स्थानीय किसानहरु जोखिम् र सास्ती खेप्दै कृषि कार्यमा जुट्न बाध्य भएका हुन् ।

ग्रामिण कृषि सडकका नाममा २०२४ सालमा स्थानीय जन सहभागितामा कच्ची टयाक खोली संञ्चालनमा ल्याईएको मान्द्रेढुंगा – देविघाट – क्षत्रेफाँट – बुधसिं हुँदै तारुका – धादिंग जोड्ने मोटरबाटो अन्तर्गत बुधसिं घाटस्थित क्षत्रेखोला माथि पुल निर्माणको लागि तत्कालिन् जिल्ला जिल्ला विकास समितिद्धारा आर्थिक वर्ष २०६४र०६५ र पछिल्लो पटक बिदुर नगर पालिकाद्धारा २०७५र०७६ मा गरि दुईपटक डिपिआर तयार भएको हो । उक्त डिपिआर पुल निर्माणमा भन्दापनि दलहरुले चुनावी प्रयोजनका लागि मात्रै बनाउने गरिएकाले पुल निर्माण आश्वासन र नारामै सिमित बनेको स्थानीयले बताए ।

श्रोतको व्यवस्थापन बिनानै पछिल्लो पटक बिदुर नगरपालिकाले तयार गरेको डिपिआर अनुसार करिव ८ करोड लागत ईष्टिमेट रहेको उक्त पुल निर्माणको लागि प्रदेश सरकारद्धारा हाल १५ लाख रुपैयाँ छुट्याइएको र आवश्यक अन्य रकम तथा श्रोत व्यवस्थापनको आश्वासन दिएको स्थानीय जनप्रतिनीधिले बताए । स्थानीयद्धारा हिउँदको समयमा आफ्नो कृषि उपज बजारसम्म पुर्याउने लगायत अन्य कामका लागि क्षत्रेखोलामा अस्थायी रुपमा ह्युम पाईप बिछ्याई आवतजावत गर्ने र बर्षायाममा भने उक्त ह्युम पाईप निकालेर पाखामा राख्ने गरेका छन् ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस