सहकारी संस्थाहरु लाई ब्यवसायिक गर्ने सहकारीको अभियान लाई राज्यले बेवास्ता गा¥यो
सहकारी संस्थाहरु लाई ब्यवसायिक गर्ने सहकारीको अभियान लाई राज्यले बेवास्ता गरेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोर्कण न्यौपानेले बताउनु भयो ।
शुक्रबार शुक्रपथ बहुउद्देश्यि सहकारी संस्था सदस्य सेवा केन्द्र नुवाकोटको आयोजनामा भएको सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्दै न्यौपानेले सहकारी लाई ब्यवसायिक बनाउने अभियान लाई राज्यले चासो नराखे पनी सहकारीहरु इो अभियान बाट पछि नहट्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा शुक्रपथ बहुउद्देश्यि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बिष्टले सहकारीहरु उप्पादन संग जोडिन सहकारी एनभन्दा बाहेकका एनहरु बाधक भएको बताउनु भएको छ । अध्यक्ष बिष्टले सहकारी हरेक उत्पादन मुखी ब्यवसाय जोडिन चाहादा चाहादै पनि सहकारीहरु लाई एन र नियमले बाधेको बताउनु भयो ।
कार्यक्रममा सदस्यहरु लाई संस्था र संस्थाको भावी योजनाको बारेमा जानाकारी गराउदै सहकारीले ब्यवसाय लाई जोड दिने र बस्तु उत्पादन तथा बिक्रि बितरणमा सहकारीले सहजीकररण गर्ने बताईएको छ ।
शुक्रपथ बहुउद्देश्यि सहकारी संस्थाले नुवाकोटमा सदस्य सेवा केन्द्र गत असोज बाट सुचारु गरेको थियो छोटो समयमानै सहकारीले ५ करोड भन्दा बढि पुजी संकलन गर्नुको साथै १४ शय भन्दा बढि सदस्यहरु बनाई सकेको छ ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस