Techie IT
गृहपृष्ठराजनीतिसस्कार, नैतिकता र पार्टिलाई केन्द्र बिन्दुमा राख्ने नेतृत्वलाई जिल्ला हाक्ने अवसर दिनुपर्छ / नेपाली काङ्ग्रेसका सहमहामन्त्री महत

सस्कार, नैतिकता र पार्टिलाई केन्द्र बिन्दुमा राख्ने नेतृत्वलाई जिल्ला हाक्ने अवसर दिनुपर्छ / नेपाली काङ्ग्रेसका सहमहामन्त्री महत


नेपाल सरकारको नेतृत्व गर्नलाई नेपाली काङ्ग्रेस अनुभवी पार्टी भएकोले जनताको माग र नेकपा एमाले बाहेकका पार्टीहरुको अनुरोधमा काङग्रेसले सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले बताउनुभएको छ ।
संघिय सांसद बहादुर सिंह लामा तामाङको सचिवालयद्धारा आयोजित शुभकामना आदानप्रदान तथा दिवा भोज कार्यक्रमलाई संवोधन गर्नुहुदै सहमहामन्त्री डाक्टर महतले कम्युनिष्ट पार्टीहरु मिलेर निर्वाचनमा काङ्ग्रेसलाई पराजित गरे पनि केपी शर्मा वली नेतृत्वको सरकारको गतिविधिहरु जनताको भावना विपरित भएकोले कम्युनिष्टहरु नै तितरवितर भएकोले काङ्ग्रेसलाई सरकारको नेतृत्व लिने अवसर प्राप्त भएको बताउनुभएको छ । वली नेतृत्वको सरकारले वैदेशिक निति अलमलमा पारेको, भ्रष्ट्रचार गरेको लगायतको आरोप डाक्टर महतको रहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बने पछि कोरोना भाइरस विस्तारै नियन्त्रणमा आइरहेको, भ्रस्टाचार रोकिएको, प्रहरी प्रशासनलाई योग्यताको आधारमा सञ्चालन गर्न थालिएको, परराष्ट्र नितिमा सुधार ल्याइएको उहाँको भनाई छ ।

  • नेपाली काङ््ग्रेसको १४औँ महाधिवेसनलाई इकिंत गर्नुहुदै सहमहामन्त्री डाक्टर महतले सस्कार, नैतिकता र पार्टिलाई केन्द्र बिन्दुमा राख्ने नेतृत्वलाई जिल्ला हाक्ने अवसर दिनुपर्ने बताउनुभएको छ । पार्टी भित्र विवाद गरेर गुट उपगुटलाई विकास गराउन भन्दा पनि नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताको एउटै भाषा भए मात्र गर्दा जनतालाई आफ्नो पक्षमा पार्न सकिने उहाँको भनाई छ । पछिल्लो समयमा निर्धारण गरिएकै मितिमा अधिवेसनका गतिविधिहरु सञ्चालन हुने भएकोले सम्पूर्णलाई तयारीमा जुट्न उहाँको आग्रह समेत रहेको छ । कम्युनिस्टले तिललाई पहाड बनाएर बढी प्रचार गर्ने गरेको र सङ्गठित हुने विषयलाई प्राथमिकता दिने गरेकोले काङ्ग्रेसको नेता कार्यकर्ताहरुले त्यसलाई अनुषण गर्नु आवस्यक रहेको उहाँले बताउनुभएको छ ।
    यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डाक्टर राामशरण महतले जिल्लाको आर्थिक उन्नती र विकासको लागि तीन वटै सरकारबिच सहकार्य र समन्वय हुनु आवस्यक रहेको बताउनुभएको छ ।
    नेपाली काङ्ग्रेस नुवाकोटको नेता तथा कार्यकर्ता बिचमा भएको तिक्ततालाई छिचोल्दै एकापसमा सकरात्मक शन्देस प्रवाह गर्न चाडपर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान तथा दिवा भोज कार्यक्रम आयोजना गरिएको संघिय सांसाद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले बताउनुभएको छ ।
    कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका निबर्तमान सभापति धुर्ब अधिकारी, नेकपा माओवादी केन्द्र नुवाकोटका अध्यक्ष एवम् प्रदेश साम्सद हिरानाथ खतिवडा, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, नेपाली कांगे्रस नुवाकोटका जिल्ला सचिब शिभ दाहाल महादिवेशन प्रतिनिधिहरु चोकराज शाक्य, श्रीराम श्रेष्ठ, प्रबक्ता राजु थापा, नेपाली कांगे्रस नुवाकोट क्षेत्र नम्बर १ का सभापति धुर्ब श्रेष्ठ, २ का सभापति जगत तामाङ लगायतले मन्तव्य राखेका थिए ।
    नुवाकोटको ८८ वटा वडा मध्ये ८७ वटा वडा र १२ वटै स्थानीय तहमा अधिवेसन सम्पन्न भइसकेको छ । मंसिर ३, ६ र १० गते नुवाकोट सहित ५८ जिल्लामा एकैसाथ प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुने निर्वाचन समितिको पछिल्लो कार्य तालिका रहेको छ । उक्त निर्वाचनहरुमा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न तयार रहेको र सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसके लोकतानित्रक पद्धति मार्फत चुनावी मैदानमा उत्रन तयार रहेको नुवाकोट काङ्गे्रसको नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस