Techie IT
गृहपृष्ठराजनीतिनेकपा एमाले नुवाकोटको संगठन कमिटी प्रथम अधिवेसन ४ ओटा गाउपालिकामा सम्पन्न

नेकपा एमाले नुवाकोटको संगठन कमिटी प्रथम अधिवेसन ४ ओटा गाउपालिकामा सम्पन्न


नेकपा एमाले नुवाकोटले संगठन कमिटी प्रथम अधिवेसन ४ ओटा गाउपालिकामा सम्पन्न गरेको छ ।
मंगलबार तादि गाउपालिका, सुर्यगढी गाउपालिका, लिखु गाउपालिका र ककनी गाउपालिकाको अबिधेसन सम्पन्न गरेको हो । अबिधेसनले प्रत्यक गाउपालिकामा ७५ जना को कामर्यसमितीको संगठन कमिटी निर्माण गरेको नेकपा एमाले नुवाकोटका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य बद्रि मैनालीले जानकारी दिनुभएको छ ।

तादि गाउपालिकाको संगठन कमिटी अधिवेसन उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य बद्रि मैनाली

सुर्यगढी गाउपालिकाको संगठन कमिटी अधिवेसनले अध्यक्षमा राजेन्द्र रिजाल, उपाध्यक्षमा प्रकाश पौडेल, सचिव प्रकाश खड्का र ज्ञान बहादुर तामाङ उपसचिवमा सानुमाया तामाङ  सहित ७५ जनाको कमिटी गठन गरेको छ भने तादि गाउपालिकाको अध्यक्षमा सोभित राज पाठक, उपाध्यक्ष गोबिन्द बहादुर थापा, सचिव हरि बहादुर अधिकारी र उपसचिवमा अर्जुन बहादुर कार्की र सुमित भण्डारी लगाएत कमिटीमा रहेका छन् । यस्तै ककनी गाउपालिकामा अध्यक्ष शेषमान घले, उपाध्यक्ष पवन फुयाल, सचिव योगेन्द्र तामाङ र उपसचिवमा यमबहादुर लामा र कोपिला गुरुङ रहेका छन् भने लिखु गाउपालिकाले गाउपालिका कमिटी हाक्ने जिम्मा महिलालाई दिएको छ । लिखु गाउपालिकाको नेकपा एमाले संगठन कमिटी प्रथम अधिवेसनले अध्यक्षमा दुर्गा पुडासैनी न्यौपाने लाई चयन गरेको हो । दुर्गा पुडासैनी न्यौपानेको अध्यक्षतामा बनेको कमिटीमा उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, सचिव माधव दुलाल, उपसचिव रामप्रसाद खतिवडा अर्का उपसचिव भोला संकर गुरुवार्चाय लगाएत ७५ सदस्यीय कमिटीको गठन गरेको छ ।

सुर्यगढी गाउपालिकाको संगठन कमिटी प्रथम अधिवेसनको फोटो

४ ओटा गाउपालिकामा सम्पन्न अधिवेसनले निर्माण गरेको कमिटी सबै निर्बिरोध रहेको नेकपा एमाले नुवाकोटका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य बद्रि मैनालीले जानकारी दिनुभएको छ । बाकी गाउपालिका र नगरपालिका को संगठन यहि कात्तिक १४ गते भित्र सम्पन्न हुने मैनालीले बताउनु भएको छ ।

ककनी गाउपालिकाको संगठन कमिटी प्रथम अधिवेसनको फोटो

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस