Techie IT
गृहपृष्ठसमाचाररास्वपा नुवाकोटको सभापतिको लागि पाँच जनाको दाबी

रास्वपा नुवाकोटको सभापतिको लागि पाँच जनाको दाबी


नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन भोलि, जेठ २३ गते हुने भएको छ। अधिवेशनमा जिल्ला सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिने तयारी गरेका छन्।
सभापति पदका आकांक्षीहरूमा वर्तमान जिल्ला सभापति रामेश्वर गजुरेल, शरण महत, राजुप्रसाद लामिछाने, कृष्णलाल श्रेष्ठ र दामोदर नेपाल रहेका छन्।


जिल्ला नेतृत्व चयनका लागि हुन लागेको पहिलो अधिवेशनप्रति पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको विशेष चासो देखिएको छ। सभापतिका आकांक्षीहरूले संगठन विस्तार, पार्टीलाई जिल्लाभर थप सशक्त बनाउने तथा आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै आफ्नो दाबी प्रस्तुत गरेका छन्।
अधिवेशनमा नयाँ जिल्ला कार्यसमिति चयन गरिनेछ। सभापति पदमा सहमति जुटाउने प्रयास भइरहे पनि सहमति नभए निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुने जनाइएको छ।
रास्वपा नुवाकोटको पहिलो जिल्ला अधिवेशनले जिल्लामा पार्टीको आगामी रणनीति, संगठन निर्माण र राजनीतिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस