Techie IT
गृहपृष्ठसमाचाररास्वपा नुवाकोटमा अधिवेशनको सरगर्मी तीव्र, जेठ २३ मा जिल्ला अधिवेशन तय

रास्वपा नुवाकोटमा अधिवेशनको सरगर्मी तीव्र, जेठ २३ मा जिल्ला अधिवेशन तय


 राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले जेठ २३ गते जिल्ला अधिवेशन गर्ने तयारी तीव्र पारेको छ। अधिवेशनअघि संगठनका सबै तहमा वडा र पालिकास्तरका अधिवेशनलाई निर्णायक चरणमा पुर्‍याउने लक्ष्यसहित कार्यतालिका अघि बढाइएको हो।
जिल्ला सभापति रामेश्वर गजुरेल का अनुसार जेठ ८ गतेभित्र जिल्लाका ८८ वटै वडामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि जेठ १७ गतेसम्म सबै पालिकास्तरीय अधिवेशन सम्पन्न गरी जेठ २३ गते जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए।


उनका अनुसार “तल्लो तहदेखि नै संगठनलाई मजबुत बनाएर मात्रै जिल्ला अधिवेशनलाई प्रभावकारी बनाउन सकिन्छ” भन्ने उद्देश्यका साथ अभियान अघि बढाइएको हो।
तर अधिवेशन नजिकिँदै गर्दा वडा र पालिकास्तरमा नेतृत्वका लागि आकांक्षीबीच प्रतिस्पर्धा चुलिँदै गएको छ। विशेषगरी पालिका अधिवेशनमा सभापति पदका लागि आकांक्षीहरूबीच तीव्र रस्साकस्सी देखिन थालेको छ। स्थानीय स्तरमा नेतृत्व हात पार्न समूहगत दौडधूप, भेटघाट र आन्तरिक छलफलहरू सक्रिय भएका छन्।
यसको असर जिल्ला अधिवेशनसम्म पनि देखिन सक्ने विश्लेषण गरिएको छ। पार्टीभित्र नयाँ संरचना र नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा नुवाकोटमा रास्वपाको संगठनात्मक शक्ति परीक्षण हुने देखिएको छ।
जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीति तय गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस