रास्वपा नुवाकोटमा पालिका अधिवेशनको चहलपहल, संगठन विस्तार अभियान तीव्र
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले संगठन विस्तार अभियानअन्तर्गत वडा तथा पालिका अधिवेशनलाई तीव्रता दिएको छ । जिल्ला समितिले वैशाख ३० गते सार्वजनिक गरेको कार्यतालिका अनुसार केही वडा र पालिकामा अधिवेशन सम्पन्न भइसकेका छन् भने केही स्थानमा अझै अधिवेशन हुन बाँकी रहेको जनाएको छ ।

रास्वपाले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका तथा किस्पाङ गाउँपालिकामा पहिलो अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिएको छ । साथै केही वडामा पनि अधिवेशन सम्पन्न भएका छन् ।

हाल भने जिल्लाभर पालिका अधिवेशनको तयारी तथा सञ्चालन भइरहेको छ । कार्यतालिका अनुसार सूर्यगढी र लिखु गाउँपालिकामा जेठ ९ गते, पञ्चकन्या गाउँपालिकामा जेठ १० गते, ककनी गाउँपालिकामा जेठ १३ गते, दुप्चेश्वर गाउँपालिकामा जेठ १५ गते, तादी गाउँपालिकामा जेठ १६ गते तथा शिवपुरी गाउँपालिकामा जेठ १७ गते पालिका अधिवेशन तय गरिएको छ ।
रास्वपा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलले निर्धारित समयभित्र बाँकी वडा तथा पालिका अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीसमेत अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार पार्टीलाई स्थानीय तहसम्म मजबुत बनाउने उद्देश्यसहित संगठन विस्तार अभियान सञ्चालन भइरहेको छ ।
जिल्ला समितिले जेठ २३ वा २४ गते जिल्ला अधिवेशन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस