पूर्वराष्ट्रपति भण्डारी नुवाकोटको छहरेमा, एमाले नेताहरूसँग भेटघाट
नुवाकोट — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नुवाकोटको छहरेमा आयोजित भण्डारी समुदायको कुलपूजामा सहभागी हुनुभएको छ।
उहाँको उपस्थितिमा सम्पन्न उक्त धार्मिक कार्यक्रममा स्थानीय बासिन्दा तथा भण्डारी समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कुलपूजाका क्रममा परम्परागत विधिअनुसार पूजा-अर्चना गरिएको थियो।

यसै अवसरमा नेकपा एमाले नुवाकोटका नेता तथा कार्यकर्ताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए। कार्यक्रममा नेताहरूबीच आपसी भेटघाट हुनुका साथै समसामयिक राजनीतिक तथा स्थानीय विकासका विषयमा समेत छलफल भएको जनाइएको छ।
पूर्वराष्ट्रपति भण्डारीको नुवाकोट आगमनले स्थानीय स्तरमा उत्साह थपिएको बताइएको छ।

क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस