Techie IT
गृहपृष्ठसमाचारखनियाबास च्याम्पियन बन्दै अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न

खनियाबास च्याम्पियन बन्दै अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न


बागमती प्रदेशस्तरीय चौथो अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता म्यागङ गाउँपालिकाको आयोजनामा सम्पन्न भएको छ।

शनिबार आयोजित समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङ को सभापतित्व तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री लामाले खेलकुदले देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपालको खेल क्षेत्रलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।

प्रतियोगितामा खनियाबास गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा खनियाबासले सिद्धलेक गाउँपालिकालाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको हो। पहिलो सेट गुमाएको खनियाबासले दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेको थियो भने चौथो सेट सिद्धलेकले जितेपछि खेल पाँचौं निर्णायक सेटसम्म पुगेको थियो। अन्तिम सेटमा खनियाबासका खेलाडीहरूले संयमित प्रदर्शन, प्रभावशाली स्पाइक र बलियो डिफेन्समार्फत जित सुनिश्चित गरे।

उपाधिसँगै खनियाबासले ३ लाख ३४ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता सिद्धलेक गाउँपालिकाले २ लाख २३ हजार ३३३ रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख १२ हजार २२२ रुपैयाँ पुरस्कार हात पारेका छन्। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ५ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।add


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस