Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको तारकेश्वरमा आइतबार पनि स्वास्थ्य सेवा सुचारु गर्न अध्यक्षको निर्देशन

नुवाकोटको तारकेश्वरमा आइतबार पनि स्वास्थ्य सेवा सुचारु गर्न अध्यक्षको निर्देशन


तारकेश्वर गाउँपालिकाले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आइतबार समेत सबै स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न निर्देशन दिएको छ। चैत २८ गते शनिबार गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले स्वास्थ्य शाखा प्रमुखसहित सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो।


अध्यक्ष अविरलले “स्वास्थ्य नै धन हो” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै कुनै पनि दिन स्वास्थ्य सेवा बन्द हुन नहुने स्पष्ट पार्नुभएको छ। उहाँले सेवाग्राहीलाई सहज र निरन्तर सेवा प्रवाह सुनिश्चित गर्न सबै स्वास्थ्य सेवा केन्द्रहरू नियमित रूपमा खुला राख्न आग्रह गर्नुभएको छ।
गाउँपालिकाको मातहतमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा सेवा सुचारु राख्न तथा आकस्मिक अवस्थासमेत ध्यानमा राख्दै तयारी अवस्थामा रहन सम्बन्धित सबै पक्षलाई अध्यक्ष अधिकारिले निर्देशन दिनुभएको हो ।
स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै लिएको यो निर्णयले सेवाग्राहीलाई थप राहत पुग्ने विश्वास गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस