Techie IT
गृहपृष्ठसमाचारदुप्चेश्वर मन्दिर प्राङ्गणमा वैशाख १ मा रेस्लिङ प्रतियोगिता हुने

दुप्चेश्वर मन्दिर प्राङ्गणमा वैशाख १ मा रेस्लिङ प्रतियोगिता हुने


दुप्चेश्वर मन्दिर प्राङ्गणमा वैशाख १ मा रेस्लिङ प्रतियोगिता हुने
नुवाकोट — नयाँ वर्ष २०८३ को अवसर पारेर नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ। नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटले “New Year Blast” नामक प्रतियोगिता वैशाख १ गते आयोजना गर्न लागेको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले पर्यटन प्रवर्द्धन गर्ने र मोफसल क्षेत्रमा रिङ रेस्लिङ विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ।
संघका अध्यक्ष प्रल्हाद थापा का अनुसार प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ। हेभी वेट (पुरुष) तर्फका विजेताले गोल्डेन बेल्टसहित नगद रु. ७५,००० प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विजेताले बेल्टसहित रु. ५०,००० पाउनेछन्। त्यसैगरी पुरुष ट्याग टिम हार्डकोर विधाका विजेतालाई मेडलसहित रु. ६०,००० तथा ट्रिपल थ्रेट विधाका विजेतालाई मेडलसहित रु. २५,००० प्रदान गरिनेछ।
महासचिव कमल तामाङ ( नुवाकोटे टाइगरले ) प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेभिट, चट्टान, किङ रोबर्ट, उर्गेन, ठागु, तनु, आकृति सुजल, एक्स हिरो, सिजे वाल्डलगायत नेपालका एक दर्जनभन्दा बढी चर्चित रेस्लरहरूको सहभागिता रहने जानकारी दिनुभयो।
त्यसैगरी कार्यक्रममा स्मृती गौतम र मदन थापा लगायतका राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिने कार्यक्रम रहेको छ।


नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटले यसअघि पनि विभिन्न स्थानमा यस्ता प्रतियोगिता आयोजना गरिसकेको छ। २०७८ वैशाख १ मा शिवपुरी गाउँपालिकाको सूर्यचौरमा “1st RW Summer Slam”, २०७९ वैशाख १ मा दुप्चेश्वर मन्दिर प्राङ्गणमा “2nd RW Summer Slam” तथा २०७९ असोज १५ मा शिवपुरीस्थित कालिका मावि गुर्जेमा “वडादशैं महाभिडन्त” सम्पन्न गरिसकेको जनाएको छ।
आयोजकका अनुसार यस प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस