Techie IT
गृहपृष्ठसमाचारस्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु


नुवाकोट, — नुवाकोटको विदुर नगरपालिका–२ को स्वास्थ चौकी नजिक भुटोलरमा  स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लिखु गाउँपालिका–२ खानीगाउँ निवासी ३५ वर्षीय इन्द्रबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार शनिबार राति करिब साढे ११ बजे भैरबी मन्दिरबाट आफ्नै घरतर्फ फर्किने क्रममा थापाले चलाएको प्र.३–०२–००७ प ९७३३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो।


दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा आइतबार बिहान करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस