नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन । अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली मध्यरातिदेखि नै खटिएको थियो।
प्रहरी टोली ओली निवास पुगेका बेला उनी सुतिरहेका कारण बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउपछि उनलाई महाराजगन्जस्थित प्रहरी प्रतिष्ठान लगिएको र थप कानुनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरी स्रोतले जनाएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी)को नक्सालस्थित निवासमा गृहमन्त्रीसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले लिखित आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस