Techie IT
गृहपृष्ठसमाचारचट्याङ पर्दा घरमा ठूलो क्षति, करिब २ लाख ५० हजार बराबरको नोक्सानी

चट्याङ पर्दा घरमा ठूलो क्षति, करिब २ लाख ५० हजार बराबरको नोक्सानी


नुवाकोट — बिदुर नगरपालिका वडा नं. ५ माझिटार मा शुक्रबार साँझ चट्याङ पर्दा एक घरमा ठूलो क्षति पुगेको छ। स्थानीय रामशरण लामिछानेको घरमा परेको चट्याङका कारण घरका विद्युतीय संरचना र सामग्रीमा व्यापक नोक्सानी भएको हो।
चट्याङका कारण घरको सम्पूर्ण तार (वायरिङ), बिजुलीको मिटर, बिजुली बाक्सा, टेलिभिजन, फ्रिज लगायत सबै बत्ती जलेर नष्ट भएका छन्। साथै घरको धलानमा समेत प्वाँल परेको स्थानीयले जनाएका छन्।
घटनाबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।
स्थानीयवासीले चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि उचित सावधानी अपनाउन र आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस