Techie IT
गृहपृष्ठसमाचाररसुवामा कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रसुवामा कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते


रसुवा जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा आज साँझ कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

चिनियाँ सामग्री लिन केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनाको उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो। उपचारकै क्रममा कालिका गाउँपालिका–१ निवासी करिब ३९ वर्षीय चालक पासाङनुर्पु थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश रायले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस