Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा पहिरो खस्दा एक जनाको मृत्यु, एक जना बेपत्ता

नुवाकोटमा पहिरो खस्दा एक जनाको मृत्यु, एक जना बेपत्ता


नुवाकोट, चैत ११ — शिवपुरी गाउँपालिका–३ स्थित गोजेनीको भित्री सडक खण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
बुधबार दिउँसो करिब २:३० बजे मैदनबाट लप्सेतर्फ जाने सडकमा स्काइभेटर (डोजर) प्रयोग गरी बाटो खन्ने क्रममा माथिबाट ढुंगासहितको पहिरो खसेको हो।
पहिरोमा परी सोही स्थानका करिब ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा स्काइभेटर चालक ललितपुरका २४ वर्षीय अमृत तामाङ भने पहिरोमा पुरिएको अवस्थामा रहेका छन्। उनको उद्धारका लागि नेपाल प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका छन्।
हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।.


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस