उद्यमी ज्येष्ठ नागरिक सम्मानित
नुवाकोट — नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले बागमती प्रदेशका २२ जना ज्येष्ठ सिलाइ व्यवसायीलाई सम्मान गरेको छ। सो क्रममा नुवाकोटका दुई जना ज्येष्ठ नागरिक पनि सम्मानित भएका छन्।
महासंघको सातौँ स्थापना दिवसको अवसर पारेर आयोजित ‘ज्येष्ठ नागरिक सिलाइ उद्यमी सम्मान कार्यक्रम’ मा विदुर नगरपालिका–९, कोलनीकी धनकुमारी नेपाली र सूर्यगढी गाउँपालिका–१ का रामजी दमाईलाई सम्मान गरिएको महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
सम्मानित दुवै जना लामो समयदेखि सिलाइ व्यवसायमा सक्रिय रहँदै समाजमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिक हुन्।
कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नुवाकोटका अध्यक्ष कमल नेपालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सिलाइ व्यवसायीहरूलाई थप हौसला प्रदान गरिने बताए।


क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस