Techie IT
गृहपृष्ठसमाचारयुएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासको अनुरोध

युएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासको अनुरोध


संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । मध्यपूर्वको बदलिँदो परिस्थितिलाई ध्यान दिँदै  सावधानी अपनाउन अनुरोध गरेको हो ।

दूतावासले शनिबार  ‘ट्राभल एडभाइजरी’ जारी गर्दै युएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन एवं सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ । आपत्कालीन सुझाव, सल्लाह वा सहयोगका लागि अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
Source :- Gorkhapatraonline.com


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस