नुवाकोटमा तीन नेता एमाले प्रवेश, संगठन थप सुदृढ हुने विश्वास
नुवाकोट। जिल्लाको स्थानीय राजनीतिमा नयाँ समीकरण देखिएको छ। नेपाल विद्यार्थी संघ नुवाकोटका पूर्व अध्यक्ष तथा हाल नेपाली कांग्रेस सूर्यगढी गाउँपालिकाका सह–सचिव राजु अधिकारी, कांग्रेस सूर्यगढी–३ का नेता लवराज अधिकारी तथा पञ्चकन्या गाउँपालिकाका नेपालि कम्युनिस्ट पार्टी का नेता बाबुलाल मिजारले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ।
उहाँहरूलाई आयोजित एक कार्यक्रममा एमालेका उम्मेदवार बद्री मैनालीले टीका–माला लगाएर पार्टीमा स्वागत गर्नुभयो।
कार्यक्रममा बोल्दै राजु अधिकारीले आफू पार्टीमा रहेसम्म कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले बद्री मैनालीलाई विजयी गराउन आजैदेखि सक्रिय रूपमा लाग्ने घोषणा गर्नुभयो।
स्वागत मन्तव्यका क्रममा मैनालीले विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूको आगमनले पार्टी संगठन अझ सशक्त हुने विश्वास व्यक्त गर्दै विकास र समृद्धिको अभियानलाई तीव्र बनाउने धारणा राख्नुभयो।
नवप्रवेशी नेताहरूको प्रवेशसँगै स्थानीय तहमा एमालेको संगठनात्मक अवस्था थप मजबुत हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस