नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

काठमाडौं, २९ जेठ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जारी गरेको विज्ञप्तिमा आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग खेलिने तीन खेलको टी–२० सिरिजको तालिका सार्वजनिक गरिएको छ।
यो बहुप्रतीक्षित सिरिज सेप्टेम्बर २७, २८ र ३० मा युएईको सारजहा क्रिकेट मैदानमा आयोजना हुने छ। यो अवसर नेपालको लागि महत्वपूर्ण मानिएको छ, किनभने यो पहिलो पटक नेपालले एक प्रतिष्ठित टेस्ट राष्ट्रसँग टी–२० सिरिज खेल्न लागेको हो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस