Techie IT
गृहपृष्ठसमाचार१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


१३ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अर्का एक जना फरार रहेका छन्।

गत जेठ २ गते कञ्चनपुरको कृष्णपुरमा आफन्तको बिहेमा गएकी बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेको छ। प्रहरीले घटनामा संलग्न २ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको हो।

पीडितले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराले जानकारी दिए। पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस