शिक्षा सुधारमा महेन्द्र मा.वि को प्रयास

ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमा अबस्थित विद्यालयको नाम हो महेन्द्र नमुना माध्यामिक विद्यालय । विसं २०१७ सालमा पिपलको छहारीलाई महेन्द्र प्राथमिक विद्यालयको नाम दिएर स्थापना भएको थियो । स्थानीय शिक्षाप्रमी नागरिकहरुको सक्रियतामा स्थापित यस विद्यालयले विसं २०३२ सालमा निम्न माध्यामिक विद्यालय संचालन गर्ने स्वीकृत प्राप्त ग¥यो । विसं २०४० मा माध्यामिक र २०६३ सालमा तत्कालिन उच्च माध्यामिक विद्यालय संचालन गर्ने अनुमती प्राप्त ग¥यो । विसं २०७४ सालमा नेपाल सरकार मानव श्रोत विकास केन्द्रले नमुना विद्यालयको रुपमा छनौट ग¥यो । नमुना विद्यालय अन्तर्गतको कार्यक्रम विसं २०८० मा नै सम्पन्न भइसकेको छ ।
चतुराले बजारमा रहेको विद्यालयलाई विसं २०५० सालमा स्थानान्तरण गरियो । चतुराले बजारमा प्रयाप्त ठाउँको अभाव भएकाले स्थानीयहरु स्वर्गीय सोमती तामाङ र स्वर्गीय कुलप्रसाद पाठकबाट दानको रुपमा प्राप्त भएको ५ रोपनी जग्गामा भवन निर्माण गरी विद्यालय संचालन गर्न थालियो । .
महेन्द्र नमुना माध्यामिक विद्यालयको प्रांगणमा पुग्दा पश्न उठ्छ, विशेष के नै होला र ? विद्यालयमा रहेको हरेक पक्षहरुलाई नजिबाट नियाल्न थालियो भने प्रश्नको जवाफ मिल्दै जान्छ । प्रशासनिक भवनको प्रवेस गर्ने बित्तिकै देखिन्छ विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक र कर्मचारीको सम्पूर्ण व्यक्तिगत विवरण, विद्यालयले गर्ने मासिक र वार्षिक कार्यक्रमहरुको तालिका, सूचना पार्टीको साथमा सुझाव पेटिका पनि । सिसिटिभिको निगरानी सहित प्रशासनिक भवनमा छुट्टाछुट्टै बैठक, लेखा प्रशासन, प्राथमिक उपचार सहितको छात्रा परामर्श, अतिथि प्रधानाध्यापकको कक्ष रहेको छ । त्यस्तै हरेक विद्यार्थीको छुट्टाछुट्टै शैक्षिक, आचरण, स्वभावको साथमा पारिवारिक स्थितिलाई समेटेर तयार पारिएको विवरण संकलन गरी राखिएको छ विद्यार्थी अभिलेख शाखामा ।
विद्यालयको कक्षाकोठा भवन, प्रशासनिक भवन र विज्ञान प्रयोगशाला बीचको दुरी कायम गरिएको छ । जस्को कारण बाहिरी क्रियाकलापले विद्यार्थीलाई पढ्न र पढाउन कुनै अबरोध सिर्जना हुदैन । एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर भन्ने उद्घोष सहित विद्यालयले हरेक शिक्षकलाई ल्यापटप उपलव्ध गराइएको छ । यस विद्यालयमा स्मार्ट बोर्ड र प्रोजेक्टर मार्फत प्रविधिमैत्री वातावरणमा पठनपाठनको क्रियाकलाप संचालन हुने गरेको छ । .
अभिभावकको नजरमा समेत सुविधा सम्पन्न विद्यालयको रुपमा परिचत रहेको छ महेन्द्र नमुना माध्यामिक विद्यालय । विद्यालयको व्यवस्थापन पक्ष समेत उत्कृट रहेको अभिभावकको बुझाई छ ।
समयको माग अनुसार विद्यालयलाई अघि बढाउँन विद्यालय प्रशासनको सोचलाई प्राथमिकता दिदै व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले निरन्तर छलफल गर्ने गरेको छ । शिक्षकहरु बिचको एकता पनि लोभलाग्दो रहेकोको छ । आवस्यकताको आधारमा व्यवस्थापन समितिले तत्काल गर्ने निर्णय प्रक्रियाको कारण पनि विद्यालयलाई माथी उठाउन सहज भएको छ ।
सूचना नदिई कुनै पनि विद्यार्थी विद्यालयमा अनुपस्थित हुन पाइदैन । त्यसो भएमा विद्यार्थीको बारेमा कक्षा शिक्षकले सोधखोज गर्नुपर्ने व्यवस्था रहेको छ । निर्णय प्रक्रिया मार्फत नै शिक्षकहरुलाई परिचालन गर्ने गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको लक्ष्यलाई विद्यालय प्रशासनले र विद्यालय प्रशासनले ल्याएको नयाँ विषयलाई व्यवस्थापन समितिले एकापसको छलफल मार्फत निर्णय गरेर कार्यान्वयको प्रक्रियामा जाने गरेको छ । प्र.अ.३
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेन्द्र बोगटीले २ कार्यकाल पूरा गरी हाल तेश्रो कार्यकालमा रहेर काम गरिरहनुभएको छ । नीति, नियम र अनुशासनमा रहेर सिद्धान्त अनुसार विद्यालय संचालन गरेकै कारण नेतृत्व गर्ने अबसर प्राप्त भइरहेको उहाँको बुझाई छ ।
संघ, प्रदेश र स्थानीय सरकारले शिक्षालाई प्राथमिकताको साथ योजना बनाएर बजेट बिनियोजन गरिरहेको हुन्छ । जनप्रतिनिधिहरुले पनि आफ्नो कार्यक्षेत्र रहेको स्थानमा संचालित विद्यालयहरुको प्रत्यक्ष रुपमा अनुगमन गरिरहेको हुन्छ । अनुगमनको क्रममा प्राप्त कमजोरीहरुलाई सच्यादै समुदायको हितमा विद्यालय संचालन गर्नको लागि सहकार्य र समन्वय गर्ने गरेको वडा अध्यक्ष रामकृष्ण तामाङको भनाई छ ।
यस विद्यालयले शैक्षिक सत्र सुरु हुने समयमा कुनै पनि बालबालिका विद्यालय भन्दा बाहिर रहन नपरोस् भनेर बस्तिबस्तिमा पुगेर भर्ना अभियान संचालन गर्ने गरेको छ । हाल विद्यालयमा २ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले सुधार योजनामा समेटिएका विषयबस्तुलाई अक्षरांश पालना गर्ने गरेको छ । कक्षा १२ मा सत प्रतिसत नतिजा ल्याउन सफल यस विद्यालयले विज्ञान प्रयोगशाला, पुस्तकालय,लाई व्यवस्थित रुपले संचालन गरिरहेको छ । विद्यालयले मासिक रुपमा भित्ते पत्रिका प्रकासित समेत गर्ने गरेको छ ।
शैक्षिक, भौतिक र प्रशासकीय सुधारलाई प्राथमिकता दिदै अघि बढिरहेको यस विद्यालयले सूचना र प्रबिधिले युक्त, हरियाली वातावरणले सुजज्जित, धुलो रहित विद्यालय, पाहुना घर, कार्यक्रम हल निर्माण गर्ने योजना बनाएको छ । विद्यालय सुधारमा समुदायबाट भाबनात्मकदेखि आर्थिक सहयोग समेत मिलिरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस