त्रिशुली सहकारीको अध्यक्षमा पुनः हरिलाल श्रेष्ठ

नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्था विदुर १ नुवाकोटको अध्यक्षमा हरिलाल श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार पुस १३ गते जिल्ला सदरमुकाम विदुरमा भएको २४ औैं वार्षिक साधारणसभाबाट तेस्रो कार्यकालका लागि श्रेष्ठ सर्वसम्वत रुपमा चयन हुनु भएको हो । यस्तै साधारणसभाले उपाध्यक्षमा राजेन्द्र अमात्य,सचिवमा राजेश श्रेष्ठ,कोषाध्यक्षमा हरिशरण अमात्यलाई चयन गरेको छ । साधारणभाबाट सदस्यहरुमा धनबहादुर श्रेष्ठ,सुर्यकुमार, श्रेष्ठ र ऋषि प्रसाद सापकोटा चयन हुनु भएको हो । यस्तै लेखा संयोजकमा केशव बहादुर श्रेष्ठ र सदस्यहरुमा तेजुश्रेष्ठ जोशी र सरला प्रधान श्रेष्ठलाई चयन गरेको छ ।निर्वाचन अधिकृत प्रमुख अधिवक्ता गंगाराम खनालले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ खुवानुकोसाथै प्रमाणपत्र प्रदान गरेका छन् ।
यसअघि भएको साधारणसभामा अध्यक्ष हरिलाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको कुल शेयर पुँजी ४ करोड १७ लाख ९४ हजार ४ सय शेयर पुजीसहित४५ करोड रुपयाँको हाराहारीका कारोबार गर्न सफल भएको जानकारी दिनुभयो । उहाँल सहकारी संस्थाले प्रतिस्पर्धात्मक बजारबाट विभिन्न चुनौतीहरुको सामना गरी सदस्यहरुले दुःख सुख गरी जोगाएको पैसालाई बचतको रुपमा स्वीकार गरि समयानुकुल ब्याज प्रदान गर्दै आइरहेको जानकारी दिँदै विगत २४ वर्षदेखि लगानी र बचत सुरक्षित गर्दै शेयर सदस्यहरुलाई आकर्षक प्रतिफल उचित ब्याज र सरल कर्जा उपलब्ध गराउँदै आएको पनि जानकारी दिनुभयो ।
अध्यक्षले विगतका वर्षहरुका कार्यक्रम अन्र्तरगत जेष्ठ नागरिकलाई सम्मान, शेयर सदस्यहरुका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति, शेयर सदस्यहरुका छोरा छोरी मध्येबाट एसईई उत्कृष्ट जिपिए ल्याउने दुई जनालाई नगदसहित सम्मान, शेयर सदस्यहरुलाई लाग्ने घातक रोगको उपचारका लागि संस्थाको तर्फबाट २५ हजार नगद सहयोग लगायतका कार्यक्रमलाई निरन्तरता दिने कुरा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
यस्तै अध्यक्ष श्रेष्ठले त्रिशुलीमा रहेको राममन्दिर प्रवेशद्धार निर्माणसँगै दुप्चेश्वर गाउँपालिकाकमा रहेको धार्मिक तथा ऐतिहासिक दुप्चेश्वर मन्दिर श्रेत्रमा स्थानीय पालिकासँग समन्वय गरेर स्थानीय संस्कृति झल्कने संरचना निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ । सोही लक्ष्य अनुसार बेलकोटगढी नगरपालिकासँग पनि समन्वय गरेर कुनै एक स्थानमा धार्मिक तथा साँस्कृतिक संरचना निर्माण गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै सदस्यहरुको आवश्यकता परिु्र्ति गर्नका लागि सदस्यहरुको उदेश्यसँग मेल खाने गरि फरक क्षमता र सीप भएका ,विदेशबाट फर्किएका, रोजगारी गुमाएका तथा महिला उद्यमी लगायतका सदस्यहरुलाई आत्मनिर्भरताको लागि उनीहरुको इच्छा अनुसारको उत्पादन एवं आय आर्जन मुलक कार्यक्रका लागि सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको छ । यस्तै सहकरीले जिल्ला टफिक कार्यालय सँग समन्वय गरेर विदुर आसपासका क्षेत्रमा जनचेतनामुलक बोर्डहरु राख्ने, सञ्चालक समितिबाट बिदाई हुने पूर्व सञ्चालकहरुलाई सहकारीको तर्फबाट नगद रकमसहित विदाई गरिने,शेयर सदस्यका छोरी अभिभावकको संरक्षणका लागि बालबचत सञ्चालन गर्ने,यसका लागि अभिभावकले सो खातामा एक वर्षमा १० हजार जम्मा गरेमा सहकारीका तर्फबाट रु पाँच हजार खातामा जम्मा गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै सहकारी ऐन २०७४ को दफा ८७ तथा नियमाबली २०७५ को नियम ३९ अनुसारको हुनेगरि काम गरेका संस्थाहरुसँग सहकारी एकिकरण (गाभ्ने)तर्फ पहल गरिने र यसका लागि साँघु सहकरीस्ाँग एकिकरण प्रस्ताव गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । साथै संस्थाले लेखापरिक्षकबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता पनि जनाएको छ । साधारणसभामा कोषाध्यक्ष नाथलाल डंगोलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले त्रिशुली सहरकारीले ४५ करोड बराबरको कारोबार गरेर जिल्लामा एक उत्कृष्ट सहकारीको रुपमा स्थापित भएकोमा भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले त्रिशली सहकारीले ल्याएका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अत्यन्त उत्कृष्ट र सामाजिक भावना अनुसार भएको भन्दै त्यसको प्रशंसा गर्नुभयो । उहाँले यस्ता समाजिक भावनाकासाथ अघि बढेका सहकरीसँग सहकार्य गरेर विकास गर्नका लागि नगरपालिका तयार रहेको पनि उल्लेख गर्नुभएको थियो । मेयर श्रेष्ठलेसमाजको महत्वपूर्ण ऐना भनेको जेष्ठ नागरिक भएकाले उहाँहरुलाई सम्मान गरेर सहकराीले उत्कृष्ट काम गरेको पनि उल्लेख गर्नुभयो । उहाँले विदुर नगरपालिकाले पनि यस्तै सिप मुलक तालिक तथा स्वरोजगारमुलक सिपहरु प्रदान गर्दै आएको जानकारी गराउँदै त्रिशुली सहकारीले पनि राम्रो काम गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले त्रिशुली सहकारी शेयर सदस्यहरुको हिसावमा दोस्रो सहकराी भएपनि आर्थिक कारोबारमा जिल्लामा पहिलो र उत्कृष्ट सहकारी भएकाले यसले अन्य सहकारीहरुको कमीकमजोरीलाई औल्याएर सुधार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सहकारीप्रति नकारात्मक सन्देश गएको अवस्थामा पनि नुवाकोट जिल्लाभित्रका सहकारीहरुले राम्रो काम गरिरहेको भन्दै जिल सहकारी संघले नुवाकोटका सहकारीहरुलाई बिग्रन नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।
सहकारीका नाममा चलखेल गर्नेहरु जेल जाने क्रम जारी रहेको भन्दै अध्यक्ष न्यौपानेले अब केही मानिस जेल गएपछि सहकारीको शुद्धिकरण हुने भएकाले कसैले पनि सहकारीको बचत डुब्नेमा चिन्ता नगर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा विदुर नगरपालिका सहकारी विभाग प्रमुख मनमाया नेपालले त्रिशुली सहकारीको कारोबार जिल्लामा उत्कृष्ट रहेको भन्दै ऋण दिँदा सहकारीको नियम र कागजी प्रक्रिया पूरा गरेर मात्रै प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकरी संस्थाक अध्यक्ष नारायण श्रेष्ठ, त्रिशुली काठमाडौं समाजका अध्यक्ष देशझक्त प्रधान, सहकारीका उपाध्यक्ष रोजन्द्र अमात्य नेपाल, विदुर नगरपालिका वडा नं १का वडा सचिव,नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नमराज सुवेदीलगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा १६ जना जेष्ठ नागरिक, शेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्ृकष्ट एक जना छात्र र एक जना छात्रा तथा सहकारीले आयोजना गरेको ब्युटीसियन तालिमका प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुकासाथै प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा सहकारीबाट अवकास लिएका व्यवस्थापक हरिशचन्द्र अमात्यलाई सम्मानकासाथ विदाई गरिएको थियो । आर्थिक कारोबार र सदस्य संख्याका हिसावले पनि नुवाकोट जिल्लाको पहिलो सहकारीका रुपमा स्थापित त्रिशुली सहकारीमा १८०९ शेयर सदस्य रहेका छन् जसमा महिला ५५७ र पुरुष १२२७ जना रहेका छन् । सहकारीले जिल्लाको बेलकोटगढीमा समेत सदस्यता सेवा केन्द्र खोलेर सेवा प्रदान गर्दै आइरहेको छ ।
।यस्तै अध्यक्ष श्रेष्ठले आगमी आर्थिक वर्षका लागि पेश गर्नुभएको कार्यक्रम स्थानीय सरकारले ल्याउने कार्यक्रम भन्दा उत्कृष्ट भएको देखिएको छ । सहकारीले ल्याएका कार्यक्रम कार्यान्वयन भए यसले समाजलाई सहकारीप्रति अत्यन्त सकारात्मक सन्देश दिनसक्ने सहकारी अभियान्ताहरुको समेत भनाई रहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस