Techie IT
गृहपृष्ठसमाचारसातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा उत्कृष्ट बिद्यार्थी , शिक्षक र उत्कृष्ट बिद्यालयलाई सम्मान

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा उत्कृष्ट बिद्यार्थी , शिक्षक र उत्कृष्ट बिद्यालयलाई सम्मान


लिखु गाउपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरिय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार बाट शुरु भएको छ ।


लिखु गाउपालिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालययको खेल मैदानमा भएको कार्यक्रममा गाउपालिका भित्रका बिद्यालयहरुले सहभागिता जनाएका छन् ।

add
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष धु्रव श्रेष्ठले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले लिखु गाउ पालिकाले विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गर्ने गरेको बताउनु भयो ।


यस्तै लिखु गाउपालिकाका शिक्षा , यूवा तथा खेलकुद शाखा प्रमुख शेर सिंह रावतले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै लिखु गाउपालिकाले शिक्षा खेलकुदमा धेरैनै परिवर्तन गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकाश समितीका अध्यक्ष बिजय गुरुङले खेलमा महिला र पुरुष लाई गरिने बिभेद रोकिनु पर्ने र आफु जिल्ला खेलकुद विकाश समितीमा रहे सम्म यस्तो बिभेद हुन नदिने बताउनु भयो साथै गुरुङले खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न समेते आग्रह गर्नुभएको छ ।
३ दिन सम्म चल्ने प्रतियोगितामा भलिवल, कवड्डी एथलेटिक्स तर्फ १००, ४००, १५००, ३००० मिटर दौड लङ जम्प त्रिपल जम्प, सटपुट, ज्वालिङ थ्रो, हाईजम्प , तेकवान्दो लगायतका खेलहरु हुने शिक्षा , यूवा तथा खेलकुद शाखाका शिक्षा सहजकर्ता बविन श्रेष्ठले जानकारी दिनु भएको छ ।
यस्तै सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा २०८० मा कक्षा १० र १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी , आफ्नो बिषयमा १०० प्रतिशत पास गराउने शिक्षक र उत्कृष्ट नतिजा ल्याउृने बिद्यालयलाई पालिकाले सम्मान गरेको छ ।
पालिकाले सामुदायिक बिद्यालय तर्फका क्षेत्रपाल मा.वि का दिवस गिरी प्रकृति गोतामे , नारायणदेवी मावि का सविन भट्टराई र महेन्द्रमहेशदेव मावि का यूनिषा तामाङ लाई क्रमश १५ हजार ,१२ हजार र ९ हजारको दरले सम्मान गरेको हो । यस्तै संस्थागत बिद्यालय तर्फ ज्योतीकुण्ज ऐकेडेमीका सम्भवी पाण्डे लाई १५ हजार सेई बोडिङ स्कुलका रनिश सुवेदी र प्रशिका न्यौपाने लाई क्रमश १२ हजार र ९ हजार नगदले सम्मान गरेको हो ।

कक्षा १२ तर्फ नारायण देवी मावि का सलोन राई, क्षेत्रपाल मावि का सायल भट्टराई , र महेन्द्रमहेशदेव माविका रमन डंगोल लाई क्रमश १५ हजार , १२ हजार र ९ हजार र ९ हजार नगदले सम्मान गरेको हो ।
पालिकाले पृथ्वी मावि बाट जिल्ला टप गरेकी लिखु गाउपालिका ३ की रोजिना भण्डारी लाई समेत १५ हजार नगदले सम्मान गरेको छ ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस