Techie IT
गृहपृष्ठसमाचारककनी गाउँपालिका वडा नं ४ स्थित श्री भवानी मा.वि मा अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

ककनी गाउँपालिका वडा नं ४ स्थित श्री भवानी मा.वि मा अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न


स्वास्थ्यका लागि खेलकुद, “राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथी ककनी गाउँपालिका वडा नं ४ स्थित श्री भवानी मा.वि मा अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

add

शिक्षा युवा तथा खेलकुद शाखा ककनी रानिपौवाले आयोजना गरिएको यस प्रतियोगितामा ककनी गाउँपालिकामा भएका आठै वडाका स्थानिय युवाहरुको ८ ओटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ककनी गाउँपालिका वडा नम्बर २ का टिम प्रथम भएको छ भने वडा नम्बर ४ द्वितीय र वडा नम्बर ७ तृतीय र वडा नं ३ ले सान्त्वना पुरस्कार पाउन सफल भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पेमा दोर्जे थोकरले बताउनुभएको छ । प्रथम हुने टिमले २० हजार नगद प्राप्त गरेका छन् । त्यस्तै द्वितीय हुने टिमले १५ हजार , तृतीय हुने टिमले १० हजार र सान्त्वना पाउने टिमले ४ हजार नगद प्राप्त गरेका छन् ।

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका का उपाध्यक्ष मिठ्ठु माया तामाङ, वडाध्यक्षहरु द्वारा नगद पुरस्कारका साथै, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

दुई दिन सम्म भएको यस प्रतियोगितामा गाउँका युवाहरूको पुनर्मिलन तथा गाउँको वस्तुगत अवस्था युवाहरूले बुझुन् भन्ने उद्देश्यले गरिएको कार्यक्रम बाट ककनीभित्र गुम्सिएर रहेका युवाहरुको प्रतिभालाई जान्न र बुझ्न पाइएको र सहि र उत्कृष्ट खेलाडिहरुको पहिचान गर्न समेत टेवा पुगेको ककनी गाउँपालिकाको उपाध्यक्ष मिट्ठु माया तामाङ बताउनुहुन्छ । उनले खेलबाट बाहिरिएका टिमहरुलाई चिन्ता नलिएर अगाडि बढ्दै जान र भविष्य मा सफल हुनसक्ने बताउँदै उज्ज्वल भविष्य को कामना समेत गर्नुभएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस