दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै सोमबार प्रदर्शन गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने
प्रतिक्रिया दिनुहोस