मकैमा फौजी कीरा र तरकारीमा औँसाको संक्रमण, किषान चिन्तित
लामो समयको खडेरीले गर्दा नुवाकोटमा लगाइएको मकैखेती र तरकारी खेतीमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।
खडेरीका कारण यस वर्ष किषान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी नपरेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।
नुवाकोटको विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको सङ्क्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।
यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको सङ्क्रमण प्रकोप देखिन थालेको छ ।
खेतमा लगाईएका खुर्सानी काँक्रा, घिरौँला, गोलभेँडालगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् ।
प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेका कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्याउने कृषि प्रविधिकहरु बताउछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #किषान चिन्तित
प्रतिक्रिया दिनुहोस