Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिका वडा नम्बर १ र २ मा एमालेको वडा अधिवेशन सम्पन्न

लिखु गाउपालिका वडा नम्बर १ र २ मा एमालेको वडा अधिवेशन सम्पन्न


नेकपा एमाले नुवाकोटले वडाहरुमा  धमाधम अधिवेशन कार्यक्रमलाई अगाडि  बढाइरहेको छ ।
वडा अधिबेशन सम्पन्न गर्ने क्रममा लिखु गाउपालिका वडा नम्बर १ र २ ले शनिबार  संयुक्त  बनभोज कार्यक्रम राखी आफ्नो वडा को अधिवेशन सम्पन्न गरेको छ ।
वडा अधिवेशन तथा बनभोज कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य  केशव पाण्डेले जनताले उनिहरुको हरेक दुख सुखमा नेकपा एमाले र नेकपा एमालेका पदाधिकारी हरुलाइ खोजे मात्र एमाले पार्टिको सिद्धान्त पुराहुने बताउनु भयो । सदस्य पाण्डेले पार्टिको मात्र नभएर हरेक जनताको नेता बन्न नया बनेको कमिटिलाइ आग्रह गर्नु भएको छ ।
यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज उशाकिरण तिमल्सिनाले नुवाकोटमा एमाले कमजोर नभइ घर भित्रै बाट खुट्टा तान्ने प्रबृत्तिले गर्दा एमाले कमजोर देखिएको बताउनु भयो । सदस्य तथा इन्चार्ज तिमल्सिनाले नेताले भाषण गर्ने काम मात्र गर्ने प्रबृत्ति रोकिए मात्र देश र जनताले खोजेको जस्तो नेतृत्व पाउने बताउनु भयो ।
यस्तै कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले अहिलेको समाज नकारात्मक तर्फ अगाडि बढेकोले अब बन्ने एमालेका नया कमिटिले समाज सुधार्ने देखि समाजको हक हितको लागि काम गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष मैनालिले कमिटीमा बस्ने मात्र हैन बसिसकेपछी काम र कर्तव्य पनि निभाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य पुर्णलाल श्रेष्ठले लाखौको संख्यामा युवाहरु वैदेशिक रोजगारिका लागि बाहिरिरहेकोले नेकपा एमाले पार्टी व्यावसायिकतामा पनि जोडिनु पर्ने बताउनु भयो ।
अधिवेशनले  वडा हरुमा नया कमिटी गठन गरेको छ । वडा नम्बर १ मा सुवास घलेको अध्यक्षतमा २५ कमिटि सदस्य  गठन गरिएको छ भने उपाध्यक्षमा सुमन मानन्धर ,सचीवमा राम राजा लामिछाने , उप सचीवमा श्यामबहादुर राई, यस्तै अर्का उपसचिवमा प्रमिला ढुंगाना , सदस्यहरुमा मुन्ना कुवर, बबिता खड्का, दिपक नगरकोटी लगाएत रहेका छन ।
यस्तै वडा नम्बर २ मा रेशम राइको अध्यक्षतामा २५ वडा सदस्य गठन गरिएको भने उपाध्यक्षमा डोलबहादुर थापामगर ,सचिवमा चिरञ्जीवी लामिछाने , उपसचिवमा हरिशरण ढकाल, अर्का उपसचिवमा उर्मिला घले, सदस्यहरूमा गर्भे घले, कृष्ण प्रसाद ढकाल, कृष्ण प्रसाद धमला, चन्द्रकान्त ढकाल लगायत रहेका छन ।
हालसम्म नुवाकोटमा नेकपा एमालेले   ३८ वटा वडामा आफ्नो अधिवेशन सम्पन्न गरिसकेको छ । चैत्र मसान्त सम्म सबै वडाको अधिवेशन सकिसक्नु पर्ने नेकपा एमाले सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार वडा अधिवेशन सकिए लगत्तै पालिकाको अधिवेशनको तयारीमा लाग्नु पर्ने  बताएको छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस