Techie IT
गृहपृष्ठसमाचारगलत समाचार प्रवाह गरेको भन्दै ककनी गाउँपालिकाको प्रेस बिज्ञप्त्ती

गलत समाचार प्रवाह गरेको भन्दै ककनी गाउँपालिकाको प्रेस बिज्ञप्त्ती


ककनी गाउँपालिकाको विषयलाई लिएर एक अनलाइनले गलत समाचार प्रवाह गरेको भन्दै ककनी गाउँपालिकाले आपत्ति जनाएको छ । माघ १७ गते अनलाइनले प्रकाशन गरेको कमिसनमा कुरा नमिलेर ठेक्का रद्द गरेको भन्दै ककनीका जनप्रतिनिधि अध्यक्षविरूद्ध आन्दोलित, गाउँसभा बोलाउन माग भन्ने शिर्षकको समाचार भ्रमपूर्ण रहेको भन्दै गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गरेको हो ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, गाउँपालिकाको गाउँसभा २०८० साल पौष २६ गते बस्ने निर्णय भएकोमा उपभोक्ता समितिहरुलाई योजना सम्झौता गर्ने म्याद थप्नका निम्ति वडाध्यक्षहरुकै अनुरोधमा पौष २५ गते सम्म म्याद थपिएको कारण २६ गते नै उक्त सभा गर्न तयारी नपुगेर स्थगित गरिएको जानकारी गराउँछौँ ।

गाउँपालिका अध्यक्ष सुमन तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषि अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा गत आर्थिक वर्ष २०७९/८० मा ककनी गाउँपालिकाको वा नं २ को काउले चित्रे कुले गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना नभएको उल्लेख छ । सडक कालोपत्रे र औषधि खरिद पक्रिया होस् या अन्य जुन कुनै टेण्डर र खरिद कार्य सार्वजनिक खरिद ऐन २०६३ बमोजिम विद्युतिय टेण्डर मार्फत गरिद गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा र विकास निर्माणका कार्यहरु पारदर्शी तरिकाले भइरहेको र गलत नियतले आएका समाचारले भ्रमित नहुन समेत ककनीवासिलाई गाउँपालिकाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस