Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको ६ वटै सिटमा गठबन्धन दलका उम्मेदवारहरु बिजयी

नुवाकोटको ६ वटै सिटमा गठबन्धन दलका उम्मेदवारहरु बिजयी


नुवाकोट जिल्लाको दुई प्रतिनीधि सभा र चार प्रदेश सभा सहित ६ जनाका लागि गत मंशीर ४ गते भएको निर्वाचनमा नुवाकोटका सम्पूर्ण सिटमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरु बिजयी भएका छन् ।

सत्तासिन दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी लगायतका दलहरु सम्मिलित सत्तारुढ गठबन्धनको नतिजा देशभर मिश्रित र सन्तोषजनक नदेखिएको बेला नुवाकोटमा भने गठबन्धनले संघ र प्रदेश सभाका सबै क्षेत्रमा जीत हात पारेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा घोषित

अन्तिम निर्वाचन नतिजा अनुसार नुवाकोटको प्रतिनीधि सभा निर्वाचन क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तमांग २६ हजार ५ सय ४८ मत सहित बिजयी घोषित भएका हुन् । उनका प्रतिस्पर्धी बद्री मैनालीले २३ हजार चारसय ६३ मत प्राप्त गरेका थिए । साथै निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख) मा गठबन्धनकै राधिका तमांग र रमेश कुमार महत बिजयी भएका छन् । तमांगले १६ हजार एकसय ६९ मत पाएकि थिईन् भने महतले १३ हजार ७ सय २७ मत प्राप्त गरेका थिए । तमांग र महतका प्रतिस्पर्धी सुशिल खड्का र पुर्णलाल श्रेष्ठल क्रमशः ११ हजार तीनसय ५० र ११ हजार ८ सय ३१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नुवाकोट प्रतिनीधि सभा निर्वाचन क्षेत्रनम्बर २ मा नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २८ हजार एकसय ७ मत सहित बिजयी घोषित भएका छन् । उनका प्रतिस्पर्धीमा राष्टिय स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डे रहेका थिए । पहिलोपटक संसदिय निर्वाचनमा प्रत्याशी बनेका पाण्डेले १६ हजार चारसय ७७ मत प्राप्तगरी एमालेका नारायणप्रसाद खतिवडालाई पछि पारेका थिए । यसै निर्वाचन क्षेत्रको प्रदेश सभा (क) र (ख) मा माओवादी केन्द्रका रामप्रसद ढुंगाना र काँग्रेसबाट बहादुरसिंह लामा तमांग बिजयी भएका थिए ।

ढुंगाना र तमांगले क्रमशः १२ हजार एकसय १० र १७ हजार दुईसय ४९ मत प्राप्तगरी बिजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी एमालेका केशवराज पाण्डे र बिजयसिंह लामा तमांगले क्रमशः ११ हजार ६ सय ६२ र ९ हजार एकसय २४ मत प्राप्त गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस