डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, २९ को मृत्यु
डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सातै प्रदेशअन्तर्गत ७६ जिल्लामा डेंगु फैलिएको छ । त्यस्तै, हालसम्म २२ हजार ९८८ जनालाई डेंगु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विसं. २०६१ मा पहिलो पल्ट नेपालमा डेंगुको बिरामी देखिएको थियो भने त्यसपश्चात नेपालमा डेंगु वर्षेनी देखिन थालेको हो ।
मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका दुई हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको मन्त्रालयले जनाएको छ ।
Source :- Gorkhapatraonline
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस