Techie IT
गृहपृष्ठसमाचार विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा सञ्जिब बहादुर श्रेष्ठको प्यानलै अगाडी

 विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा सञ्जिब बहादुर श्रेष्ठको प्यानलै अगाडी


विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो भएको निर्वाचनको मतगणना जारी रहेको छ । ८४७ मत गणना हुँदा सञ्जिब बहादुर श्रेष्ठको प्यानलै अगाडी देखिएको छ । एमाले–राप्रपा गठबन्धनले अग्रता लिएको हो । काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार पछाडी परेका छन् ।

सबै भन्दा बढी मतान्तर (२६९) सचिव पदमा देखिएको छ भने कम मतान्तर (७०) सदस्य पदमा छ ।

अध्यक्षमा सञ्जिब बहादुर श्रेष्ठ (एमाले) ले ५२४, छत्रराज डंगोल (काँग्रेस) ले २८५ मत पाएका छन् । अध्यक्ष पदमा दुई जना बीच २३९ को मतान्तर रहेको छ ।

उपाध्यक्षमा श्रेष्ठ प्यानलका महेशकुमार डंगोल (राप्रपा) ले ३७०, डंगोल प्यानलका नवराज न्यौपाने (भर्खरै एमाले त्यागेका) ले ३३९ र मुरारी नेपाल (स्वतन्त्र) ले ८२ मत पाएका छन् । उपाध्यक्ष पदमा पहिलो र दोश्रो बीच ३१ को मतान्तर रहेको छ ।

सचिवमा श्रेष्ठ प्यानलका राजेन्द्र पाण्डे (एमाले) ले ५३० र डंगोल प्यानलका नरेशबहादुर डंगोल (ए. समाजवादी) ले २६१ मत पाएका छन् । सचिव पदमा पहिलो र दोश्रो बीच २६९ को मतान्तर रहेको छ ।

कोषाध्यक्षमा श्रेष्ठ प्यानलका अम्बिका चित्रकार खनाल (एमाले) ले ४५५ र डंगोल प्यानलका रविता भट्ट (माओवादी) ले ३२४ मत पाएका छन् । कोषाध्यक्ष पदमा पहिलो र दोश्रो बीच १३१ को मतान्तर रहेको छ ।

महिला सदस्यमा श्रेष्ठ प्यानलका दुई जनाले नै अग्रता लिएका छन् । बिष्णुमाया डंगोल (एमाले) ले ४८२ र सीता अधिकारी (एमाले) ले ४४६ मत पाएका छन् । डंगोल प्यानलका शान्ती श्रेष्ठ (ए. समाजवादी) ले २९७ र शुसिला पौडेल (काँग्रेस) ले २९३ मत पाएका छन् । दुई जना निर्वाचित हुने यस पदमा पहिलो र तेश्रो बीच १८५, दोश्रो र तेश्रो बीच १४९ मतान्तर रहेको छ ।

सदस्यहरुमा श्रेष्ठ प्यानलका तीन जना नै अगाडी छन् । दीपकबहादुर तिम्सिना (एमाले) ले ४५०, लबप्रसाद न्यौपाने (एमाले) ले ४१५ र कृष्णप्रसाद भट्ट (एमाले) ले ४१३ मत पाएका छन् । डंगोल प्यानलका रामजी भट्ट (काँग्रेस) ले ३४५, राजेन्द्र सापकोटा (काँग्रेस) ले ३०१ र पदमकान्त न्यौपाने (माओवादी) ले २५९ मत पाएका छन् । बिमल खड्का (स्वतन्त्र) ले ४५ मत पाएका छन् । तीन जना निर्वाचित हुने यस पदमा पहिलो र तेश्रो बीच १०५, दोश्रो र तेश्रो बीच ७० मतान्तर रहेको छ ।

हिजो रातीबाट इलम प्रशिक्षण केन्द्रको परिषर विदुरमा मत गणना भइरहेको छ । ३ हजार १४१ मतदाता रहेको खानेपानी संस्थाको हिजोको चुनावमा २ हजार ३२५ (७४ प्रतिशत) मत खसेको थियो । अब १ हजार ४७८ मत गणना हुँन बाँकी रहेको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस