अध्यक्ष छाड्न खड्गीलाइ दबाब
विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कुलबहादुर खड्गीलाई अध्यक्ष पद छाड्नको लागि दबाब बढ्न थालेको छ । गत वर्ष असोज ९ गते जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका खड्गीलाई पार्टीभित्रै बाट अध्यक्ष पद छाड्नको लागि दबाब आइरहेको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका एकतापछिको अधिवेशनमा दुई पक्षबीचको कडा टक्कर परेको थियो । पार्टीको जिल्ला नेतृत्वमा एकताअघिको दलहरूबाट आआफ्नो पक्षको नेतृत्वमा पठाउनको लागि प्रयास हुँदा लम्बिएको जिल्ला अधिवेशन खड्गीलाई स्थानीय तहको निर्वाचनसम्म जिल्ला अध्यक्ष बनाउने र त्यसपछि वरिष्ठ पाध्यक्षलाई अध्यक्ष पद छाड्ने सर्तमा जिल्ला अध्यक्ष बनाइएको राप्रपा क्षेत्र नं. १ का क्षेत्रिय कमिटिका् सदस्य जनक पाण्डेले बताए ।
स्थानीय निर्वाचन आउन लागेकोले त्यसमा पार्टीको अध्यक्ष नै विदरको मेयरमा उम्मेदवार हुँदा पार्टी र उम्मेदवारको पनि उपस्थिति बलियाहने भएकोले खड्गीलाई अध्यक्ष बनाइएको हो । ‘म स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवार बन्छु त्यसबेलासम्म अध्यक्ष बन्नेछ । स्थानीय निर्वाचनपछि म पद विमल थापालार्ई हस्तान्तरण गर्छु भन्नभयो । अनि त्यही सहमतिमा उहाँ(खड्गी)लाई अध्यक्ष बनाइयो’ पाण्डेले भने ।
स्थानीय निर्वाचनपछि विमल थापालाई अध्यक्ष बनाउने सर्तमा थापालाई त्यतीखेर वरिष्ठ उपाध्यक्ष बनाइएको राप्रपाका अर्का एक केन्दीय नेताले पनि बताए । खड्गी्र र थापाको अध्यक्षमा टक्कर परेपछि उल्लेखित सहमति पार्टीका तत्कालिन अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितीमा लिखित सम्झौता नै भएको छ । स्थानीय निर्वाचनपछि खड्गीले अध्यक्ष छाड्ने सहमतिलाई लिखित रूप दिनेक्रममा तत्कालिन अध्यक्ष डा. लोहनीसहित रापका ्क्षेत्र नं. १ का अध्यक्ष तेज लामा, क्षेत्र नं. २ का अध्यक्ष दीपेश लामा र तत्कालिन केन्दीय सदस्य सुन्दरप्रसाद पाण्डे लगायत साक्षी रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष थापा पक्षले भने खड्गीलाई तत्काल अध्यक्ष पद छाड्न दबाब बढाईरहेको छ । सममति कार्यन्वयन गर्नको लागि क्षेत्र नं. १ को क्षेत्रिय कमितिको भदौ ३ गते बस्ने बैठकबाट औपचारिक निर्णय नै गर्ने तयारी भईरहेको क्षेत्रिय सदस्य जनक पाण्डे बताउँछन् । थापा पक्षले भदौ ५ गते हुन लागेको जिल्ला कमिटिको बैठकमा नै पद हस्तान्तरण गर्न पर्ने माग गर्दै आएका छन् । तर, अध्यक्ष खड्गीले भने पार्टीलाई सहमतिमै अघि बढाउने र सरसल्लाह गरेर निर्णय गर्ने भन्दै आएको थापा पक्षका अर्का एक नेताले बताए । आन्तरिक रूपमा गरिएको सहमतिलाई वरिष्ठ उपाध्यक्ष थापा पक्षधरले खड्गीलाई अध्यक्ष छाड्न दबाब बढाउने उद्देश्यले पार्टीको घेरोभन्दा बाहिर सार्वजनिक रूपमा चर्चा परिचर्चा गर्न थालेका छन् । उक्त सहमति पत्र डा. लोहनीसँग सरक्षित रहेको र उक्त सहमतिलाई कार्यन्वयन गराउन थापा पक्षधरले माग गर्न थालेको हो । रापपा जिल्ला अध्यक्ष खड्गीले भने यो विषयमा ‘पछि कुरा गरौंला’ भनेर थप प्रतिक्रिया दिन चाहेनन् ।
यो समाचार त्रिशुली खबरमा छापिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस