घेवामा जाड रक्सि प्रयोग नगर्ने परिवारलाई वडाले १० हजार रुपैयाँ दिने
तामाङ समुदायको सस्कार अनुसार मानिसको मृत्यु पश्चात गरिने घेवामा मदिराजन्य पदार्थको प्रयोगलाई न्यूनिकरण गर्ने अभियानमा ककनी गाउँपालिका वडा नम्बर ५ को कार्यलय जुटेको छ ।
घेवाको समयमा अत्याधिक जाड रक्सि लगायतको मदिराको अत्याधिक प्रयोग हुने गरेकोले त्यसलाई न्यूनिकरणको अभियानमा वडा कार्यलय लागेको हो । घेवा गर्ने समयमा जाड रक्सि प्रयोग नभएको प्रमाणीत भएमा वडा कार्यलयले प्रोत्साहन स्वरुप सम्वन्धित परिवार वा हकदारलाई १० हजार रुपैयाँ प्रदान गर्ने वडा अध्यक्ष वुद्धराज लामाले जानकारी दिनुभएको छ ।
मादक पदार्थ सेवनको कारण समाजमा विकृति फैलदै गएको र झैझगडाको घटनाहरु हुने गरेकोले त्यसलाई न्यूनिकरण गर्ने अभियानमा वडा कार्यलय रहेको उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस