Techie IT
गृहपृष्ठसमाचारजिवजिबकोे ग्रामीण अस्पतालमा अक्सिजन प्लान्ट सहित थाइराईड परीक्षण मेसिन र एम्वुलेन्सको सेवा सुचारु

जिवजिबकोे ग्रामीण अस्पतालमा अक्सिजन प्लान्ट सहित थाइराईड परीक्षण मेसिन र एम्वुलेन्सको सेवा सुचारु


रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नंम्बर ५ जिवजिवेमा रहेको जिवजिबे ग्रामीण अस्पतालमा अब सुबिधा सम्पन्न अक्सिजन प्लान्ट सहित थाइराईड परीक्षण मेसिन र एम्बुलेन्सको पनी सेवा लिन सकिने भएको छ ।
अस्पताललाई बागमती प्रदेश सरकारले ८५ लाख लागतमा अक्सिजन प्लान्ट र थाईराईड परिक्षण मेसिन उपलब्ध गराएको हो भने भारतीय दूतावासको सहयोगमा एम्बुलेन्स सेवा पनि सुचारु गरिएको छ ।

शनिबार बागमती प्रदेश सभाको सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको प्रवक्ता प्रभात तामङ्ले अस्पालमा मेसिन तथा एम्बुलेन्स सेवा सुचारुको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै तामाङले स्थानीय स्तरमै सुविधा सम्पन्न अस्पताल भएपछि नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने र अझै आवश्यक सेवा सुबिधा लाई थप गर्दै लैजाने बताउनु भएको छ ।
यो ग्रामीण अस्पतालबाट कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाको झण्डै १८ हजार जनताले प्रत्यक्ष लाभ सक्ने कालिका गाउपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष संदिप पौडेलले बताउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस