भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरु
भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरु भएको छ । पोखराको महेन्द्रपुलस्थित आर्ट ग्यालरीमा उक्त प्रदर्शनी आयोजना गरिएको छ। देशमा विद्यमान भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका ३६ जना कार्टुनिस्टका ५० वटा कार्टुन प्रदर्शनमा राखिएका छन् । उक्त कार्यक्रम ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ले आयोजना गरेको हो। कार्यक्रम ३० जेठसम्म चल्ने आयोजकले बताएको छ। कार्टुनिस्ट क्लब अफ नेपालले यस अघि राजधानीमा वैशाख ४ गतेदेखि ६ गतेसम्म नेपाल कला परिसद् बबरमहलमा सोही प्रदर्शनी गरेको थियो । यश भ्रष्टाचार बिरुद्धको कार्टुन प्रदर्शन सातवटै प्रदेशमा गरिने नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस