Techie IT
गृहपृष्ठसमाचारतादिमा गनियो २६०० मत नेका र माओबादी बीच कडा प्रतिस्पर्धा

तादिमा गनियो २६०० मत नेका र माओबादी बीच कडा प्रतिस्पर्धा


नुवाकोट । नुवाकोटको १२ वटै स्थानीय तहमा स्थानीय तहको चुनाबको ताजा परिणामहरु आउने क्रममा रहेका छन् ।

यस्तै तादिमा २६०० मत गनेर सक्किएको छ । २६०० मत गन्दा नेकपा माओबादी केहि अगाडी देखिएको छ भने नेपालि कांग्रेस दोस्रो स्थानमा रहेको छ । तादिको वडा न १ मा १५०० मत र २ मा ११०० मत गनेर सक्किएको हो ।

समग्रमा २६०० मतमा अध्यक्ष पदका लागि माओबादीका उम्मेदवारको ७७१ मत रहेको छ भने नेपालि कांग्रेसका उम्मेदवारको ७३७ मत रहेको छ । यस्तै एमालेको उम्मेदवारको ५९९ मत , समाजवादी को १९८ र राप्रपाको १८ मत रहेको छ ।
यसैगरी उपाध्यक्ष पदमा माओबादीको उम्मेदवारको ८१२ मत , नेकाको ७२२ , एमालेको ६०१ . समाजवादीको १५४ मत र राप्रपाको १८ मत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस