Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल

लिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल


विदुर। नुवाकोट जिल्लाको लिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल चयन भएका छन् ।

यस अघि गठन भएको ५५ सदस्यीय पालिका कमिटीले ढकाललाई अध्यक्षमा चयन गरेको पार्टीका युवा नेता प्रकाश डङोलले बताए ।कमिटीको अन्य मुख्य पदाधिकारीहरुमा उपाध्यक्षमा महेन्द्र डङ्गोल, कृष्ण बहादुर मानन्धर, प्रभु शरण खतिवडा रहेका छन् । त्यस्तै सचिव सद्दाम राई, सह-सचिव कुलबहादुर थापा, कोषाध्यक्ष लक्ष्मीदेव श्रेष्ठसहित ५५ सदस्यीय कमिटी चयन भएको हो । ढकाल अध्यक्ष निर्वाचित भएसंगै लिखु माओवादी थप सुदृढ हुने अपेक्षा लिखु माओवादी कमिटीले राखेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस