मधुमेह दिवसको अवसरमा १ सय ५० जना भन्दा बढिको स्वास्थ्य जाच
थुम्का वडा कार्यालय परिसरमा १ सय ५० जना भन्दा बढि ब्यक्तिहरु लाई मधुमेह परिक्षण, जनचेतना तथा बृहत स्वास्थ्य जाँच र ओैषधी वितरण गरिएको छ ।
विदुर, नुवाकोट
अन्तर्राष्ट्रिय मधुमेह दिवस को अवसरमा विदुर नगर पालिका वडा नम्बर ८, थुम्का वडा कार्यालय परिसरमा १ सय ५० जना भन्दा बढि ब्यक्तिहरु लाई मधुमेह परिक्षण, जनचेतना तथा बृहत स्वास्थ्य जाँच र ओैषधी वितरण गरिएको छ ।
लियो क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
हरेक अंग्रेजि बर्ष अनुसार (नोभेम्बर १४) मा मनाईने मधुमेह दिवसको अबसरमा आयोजना गरिएको शिबिरको विदुर नगर पालिका वडा नं ८ का अध्यक्ष फैसिङ तामाङले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का एओजी लायन रमेश श्रेष्ठ, क्लस्टर चिफ लायन अनुजकुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख लायन श्रीकृष्ण रिजाल, लियो डिस्ट्रिक काउन्सिल प्रेसिडेन्ट लियो प्रकाश थापा लगायतको लिडरहरुको सहभागीता थियो।
शिविरमा १ सय ५० जना भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य जाँच गराएको लियो क्लब अफ नुवाकोटका अध्यक्ष दिबित्सा प्रधानले जानकारी दिनुभयो
।
अध्यक्ष प्रधानका अनुसार स्वास्थ्य परिक्षणको निम्ति आवश्यक ओैषधी तथा प्राविधिक सहयोग चक्रदेव पोलि क्लिनिक विदुर , स्टार नुवाकोट हस्पिटल तथा त्रिशूली मेडिकल इन्स्टिचुटले उपलब्ध गराएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस