Techie IT
गृहपृष्ठसमाचारएमाले महाधिवेशनका लागि नुवाकोटबाट १७ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशनका लागि नुवाकोटबाट १७ प्रतिनिधि सर्वसम्मत चयन

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो ।


नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले नुवाकोटले १७ प्रतिनिधि चयन गरेको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो ।

एक जना प्रतिनिधिको लागि थप छलफल भइरहेको नेकपा एमाले नुवाकोटका उपाध्यक्ष एंव पूर्व मन्त्री बद्री मैनालीले बताएका छन् । नेकपा एमाले नुवाकोट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी पश्चात छलफल गर्दै नेकपा एमाले नुवाकोटले सर्वसम्मत रुपमा प्रतिनिधिको चयन गरेको हो ।

नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशव पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा र उपाध्यक्ष एंव पूर्व मन्त्री मैनालीसहित १६ जना प्रतिनिभि चयन भएका छन् ।

प्रतिनिधिको नामावली
क्षेत्र नं। १
१। बद्री मैनालि
२। बिन्दा ढुङ्गाना
३। काशिराज अधिकारि
४। पुर्णलाल श्रेष्ठ
५। शर्मिला थपलिया
६। जित बहादुर घले
७। मंगलमाया प्रजापति
८। केशव सेञ्चुरी

क्षेत्र नं। २
१। केशवराज पाण्डे
२। नारायण खतिवडा
३। रामशरण प्याकुरेल
४। बुद्धी बहादुर प्रधान
५ टुङ्ग्याउन बाँकी
६। सावित्री प्याकुरेल
७। मेन्चुङ लामा
८। गिता दाहाल
९। उषाकिरण तिम्सेना


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस